बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा : कोरोनाको आसंकामा २ जना मार्तडीकाे आइसोलेसनमा भर्ना

बाजुरा : कोरोनाको आसंकामा २ जना मार्तडीकाे आइसोलेसनमा भर्ना

  • शनिबार, भदौ २७, २०७७
बाजुरा : कोरोनाको आसंकामा २ जना मार्तडीकाे आइसोलेसनमा भर्ना

बाजुुुरा — कोराेना भाईरस कोभिड १९ को संक्रमणको आसंकामा सदरमुकाम मार्तडीमा २ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ ।
जिल्ला अस्पताल मार्तडीमा उपचारको क्रममा आएका दुई जना महिलामा कोरोनासंग मिल्दा जुल्दा लक्षणहरु देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुणमणि पन्तले बताउनु भयो ।
आइसोलनेसनमा भर्ना गरिएका दुवै जना बडिमालिका नगरपालिका का महिला रहेको बताईएको छ । कोरोनाको संका देखिएपछि अनिहरुलाई जिल्ला समन्वय समितिमा रहेको आइसोलेसनमा भर्ना गरि उपचार सुरु गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनिहरुको कोराना परिक्षणका लागि स्वाव संकलन गरी  पठाँउने तयारी भइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार