बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • यी हुन् कोरोना महामारीबाट अत्यन्तै प्रभावित १० मुलुक, भारतको गति तिव्र

यी हुन् कोरोना महामारीबाट अत्यन्तै प्रभावित १० मुलुक, भारतको गति तिव्र

  • शुक्रबार, भदौ २६, २०७७
यी हुन् कोरोना महामारीबाट अत्यन्तै प्रभावित १० मुलुक, भारतको गति तिव्र

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ९ लाख नाघेको छ । जोन हप्किन्स विश्विद्यालयको पछिल्लो रेकर्डअनुसार विश्वमा संक्रमणबाट मर्नेको संख्या ९ लाख ७९ जना पुगेको छ । त्यस्तै विश्वभर संक्रमित हुनेहरुको संख्या २ करोड ७६ लाख ९५ हजार १३० पुगेको छ । अहिलेसम्म संक्रमणबाट बढी प्रभावित मुलुकमा अमेरिका, भारत, ब्राजिल लगायतका मुलुकहरु रहेका छन् । बढी प्रभावित यी ३ देशसहित १० देशको तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ९५ हजार २ सय ५९ पुगेको छ भने संक्रमितहरुको संख्या ६५ लाख ५० हजार ९ सय ८४ पुगेको छ । त्यहाँ निको हुनेहरुको संख्या ३८ लाख ४६ हजार ७ सय १७ रहेको छ ।

त्यस्तै अहिलेसम्म दोश्रो प्रभावित मुलुक भारतमा संक्रमणबाट मर्नेहरुको संख्या ७५ हजार १ सय ९७ पुगेको छ भने संक्रमितको संख्या ४४ लाख ८२ हजार १ सय ७१ पुगेको छ । भारतमा निको हुनेहरुको संख्या ३४ लाख ८३ हजार ३९ पुगेको छ । भारतमा पछिल्ला दिन संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । दैनिक १ लाखको हाराहारीमा त्यहाँ संक्रमतिहरु देखिन थालेका छन् ।

तेश्रो प्रभावित मुलुक ब्राजिलमा मर्नेहरुको संख्या १ लाख २८ हजार ६ सय ५३ पुगेको छ भने संक्रमितहरुको संख्या ४१ लाख ९९ हजार ३३२ पुगेको छ । त्यस्तै त्यहाँ निको हुनेको संख्या ३४ लाख ५३ हजार ३ सय ३६ पुगेको छ । महामारीबाट चौथो प्रभावित देश रुस हो । रुसमा मर्नेहरुको संख्या १८ हजार २ सय ६३ र संक्रमितहरुको संख्या १० लाख ४६ हजार ३ सय ७० पुगेको छ । त्यस्तै त्यहाँ निको हुनेहरुको संख्या ८ लाख ६२ हजार ३ सय ७३ पुगेको छ ।

पाँचौ प्रभावित देश पेरु हो । पेरुमा मर्नेहरुको संख्या ३० हजार २ सय ३६ पुगेको छ भने संक्रमितहरुको संख्या ७ लाख २ हजार ७ सय ७६ पुगेको छ । त्यस्तै निको हुनेहरु ५ लाख ३६ हजार ९ सय ५९ जना रहेका छन् । छैठौ प्रभावित मुलुक कोलम्बियामा संक्रमितहरुको ६ लाख ८६ हजार ८ सय ५६ पुगेको छ भने मर्नेहरुको संख्या २२ हजार ५३ रहेको छ । त्यस्तै त्यहाँ निको हुनेहरुको संख्या ५ लाख ५२ हजार ८ सय ८५ पुगेको छ ।

सातौं प्रभावित देश मेक्सिकोमा मर्नेको संख्या ६९ हजार ९५ पुगेको छ भने संक्रमितहरुको संख्या ६ लाख ४७ हजार ५ सय ७ पुगेको छ । त्यस्तै निको हुनेहरुको संख्या ४ लाख ५४ हजार ९ सय ८२ पुगेको छ । त्यस्तै साउथ अफ्रिका कोरोना महामारीबाट प्रभावित हुने मुलुकमा आठौं स्थानमा पर्छ । त्यहाँ मर्नेको संख्या १५ हजार १ सय ६८ पुगेको छ । त्यस्तै संक्रमितहरुको संख्या ६ लाख ४२ हजार ४ सय ३१ पुगेको छ भने निको हुनेको संख्या ५ लाख ६९ हजार ९ सय ३५ पुगेको छ ।

नवौं प्रभावित मुलुक स्पेनमा मर्नेको संख्या २९ हजार ६ सय २८ पुगेको छ भने संक्रमितहरुको संख्या ५ लाख ४३ हजार ३ सय ७९ पुगेको छ । अर्जेन्टिना महामारीबाट प्रभावित देशहरुमध्ये १० औं स्थानमा पर्छ त्यहाँ संक्रमितहरुको संख्या ५ लाख, १२ हजार २ सय ३९ पुगेको छ भने मर्नेको संख्या १० हजार ७ सय १३ पुगेको छ । त्यहाँ निको भएर घर फर्किनेहरुको संख्या ३ लाख ९० हजार ९८ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार