मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • राजनीति
  • नेविसंघ त्रिविले बृक्षारोपण तथा सुरक्षा सामाग्री बितरण गरि बनायो बिपि जयन्ती

नेविसंघ त्रिविले बृक्षारोपण तथा सुरक्षा सामाग्री बितरण गरि बनायो बिपि जयन्ती

  • बुधबार, भदौ २४, २०७७
नेविसंघ त्रिविले बृक्षारोपण तथा सुरक्षा सामाग्री बितरण गरि बनायो बिपि जयन्ती

नेवि संघ त्रिभुवन विश्वविधालय समिति,किर्तिपुरले एक कार्यक्रमका माझ जननायक बिपि कोईरालाको १०७ औं जन्मजयन्ती भब्यताका साथ सप्पन्न गरेको छ| नेवि संघ त्रिभुवन बिश्वविधालय समिति अध्यक्ष हरि आचार्यको नेतृत्वमा बिश्वविधालय समितिले COVID-19 ले सबैभन्दा बढी ग्रसित प्रहरीहरु रहेको भन्दै किर्तिपुर प्रहरी बृतमा रहेका प्रहरीहरु लाई जनताको सुरक्षामा थप खटिन उत्त्प्रेरित गर्न माक्स,सेनिटाईजन,ग्लोब्स लगाएतका सुरक्षा सामग्री बितरण गरेको छ भने त्रिभुवन बिश्वविधालयका पुर्व स्वबियु सभापति,कार्यक्रमका प्रमुख अतिथि भिम सिरिजको हात बाट बिश्वविधालय परिसरमा बृक्षारोपण गरिएको छ| कार्यक्रममा बोल्दै कांग्रेस नेता, पुर्व स्वबियु सभापति भिम सिरिजले नेपाल यहाँ सम्म आईपुग्नमा बिपि कोईराला को ठूलो देन रहेको भन्दै सबैले बिपि मार्गामा हिड्नुपर्ने बताउनु भयो|

समितिका अध्यक्ष हरि आचार्यले बिपि को बाटो भनेकै समाज सेवाको बाटो रहेको भन्दै निस्वार्थ रुपमा जनताको सेवामा खटिन अपिल गर्नु भयो| नेवि संघ बिश्वविधालय समिति सचीव योगेन्द्र रावलले कांग्रेस नेताहरू ले बिपि को नेपाल रुपान्तरणको मार्ग छोडेकोले कांग्रेस यो अवस्थामा आईपुगेको भन्दै नेपाली कांग्रेसलाई यो जन्जिर बाट बाहिर निकास्नु पर्ने दायित्व बिश्वविधालयका विद्यार्थीको काधमा रहेको बताउनु भयो|

कार्यक्रममा नेवि संघ पुर्व कोषाध्यक्ष शिव रिमाल,नेता श्याम चन्द्र अधिकारी,रोशन राना,समीर थापा लगाएत रहेको नेवि संघ त्रिभुवन बिश्वविधालय समिति उपाध्यक्ष एवम् प्रभावशाली नेता रोहन महत्तराले जानकारी दिनु भयो|

नेवि संघ नेता श्याम चन्द्र अधिकारीले अबको राजनीति उत्पादन संग जोडिनुपर्छ भन्दै सम्पुर्ण युवाहरु आजैको दिनदेखी रणनैतिक रुपमा उत्पादन संग जोडिनुपर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार