शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • उत्कृष्ट कार्य गरे बापत लेखापाल विष्टलाइ ‘निजामती सेवा पुरस्कार’

उत्कृष्ट कार्य गरे बापत लेखापाल विष्टलाइ ‘निजामती सेवा पुरस्कार’

  • सोमवार, भदौ २२, २०७७
उत्कृष्ट कार्य गरे बापत लेखापाल विष्टलाइ ‘निजामती सेवा पुरस्कार’

जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत लेखापाल लालबहादुर बिष्ट निजामती सेवा पुरस्कार बाट पुरस्कृत भएका छन् । १७ औं निजामती सेवा दिवसरको अवसरमा निजामती सेवा तर्फ उत्कृष्ट कार्य सम्पादन गरेकाे भन्दै लेखापाल बिष्ट ‘निजामती सेवा पुरस्कार’ बाट पुरस्कृत भएका हुन् । बिष्टले ५० हजार नगद सहित सम्मान पत्र पाउने भएका छन् ।

बुढिग‌ंगा नगरपालिका ७ घर भएका बिष्ट २६ वर्ष अघि निजामती सेवामा प्रवेश गरेका थिए । उनले बाजुराली जनताको सेवामा समर्पित हुँदै सेवा दिदै आएका छन् । ‘स्वच्छ र समक्ष निजामती प्रशासन समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस प्रत्यक वर्ष भदाै महिनाकाे २२ गते मनाईदै आएकाे छ ।

निजामती सेवा ऐन जारी भएको दिनको सम्झानामा २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिन्छ। नेपालमा करिब ८० हजार निजामती कर्मचारी रहेका छन्। सरकारले जनताकाे सेवामा समर्पित हुदै आएका कर्मचारीलाइ सम्मान गर्दै आएकाे छ । बिष्ट कुशल, इमान्दार, कर्तब्यनिष्ठ, सेवा प्रति समर्पित कर्मचारीका रुपमा चिनिदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार