बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका खवरको पहलमा ८ परिवारलाई राहत बितरण

बडिमालिका खवरको पहलमा ८ परिवारलाई राहत बितरण

  • आइतवार, भदौ २१, २०७७
बडिमालिका खवरको पहलमा ८ परिवारलाई राहत बितरण

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका खवरको पहलमा बुढिनन्दा नगरपालिकाका बिभिन्न ८ परिवारलाई राहत साम्रगी बितरण गरिएको छ ।  बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न २ र १ बिपन्न तथा असक्त गरि ८ परिवारलाई राहत साम्रगी बितरण गरेको हो ।
बिभिन्न सहयागीहरुको सहयोग तथा बडिमालिका खवरको समन्वयमा अति बिपन्न तथा असाय परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका खवरका सम्पादक प्रकाश सिहंले बताए ।


३ वटा परिवारलाई प्रदेश क बाट निर्बाचित सांसद बल्देब रेग्मीको समन्वयमा राहत साम्रगी हस्तान्तरण गरिएको बडिमालिका खवरका अनलाइन सम्पादक लक्ष्मीराज पाध्यायले बताएका छन । सांसद रेग्मीले गाउँमै पुगेर अति बिपन्न तथा असाय परिवारलाई राहत साम्रगी बितरण गरेकोमा बडिमालिका खवर परिवारलाई धन्याबाद समते दिएका छन ।

त्यसै गरी ४ परिवारलाई बडिमालिका खवरको टिम आफै घरमा पुगेर राहत साम्रगी बितरण गरेको छ भने १ परिवारलाई बुढिनन्दा १ का वडा अध्यक्ष नृप खत्रीबाट हस्तान्तरण गरिएको अनलाइन सम्पादक लक्ष्मीराज पाध्यायले बताएका छन । उनको घरमै पुगेर राहत साम्रगी हस्तान्तरण गर्दा शार्की परिवारले खुसी ब्यक्त गरेका थिए । उनको परिवाले फेरी पनी सहयोग गर्न आग्रह समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार