• होमपेज
  • समाज
  • दुबै मृगौला फेल भएका मुक्त हलिया बिरेलाइ आर्थिक सहयोग

दुबै मृगौला फेल भएका मुक्त हलिया बिरेलाइ आर्थिक सहयोग

  • बुधबार, भदौ १७, २०७७
दुबै मृगौला फेल भएका मुक्त हलिया बिरेलाइ आर्थिक सहयोग

बाजुरा–बुढिन्नदा नगरपालिका १ पिपलडाँलि बस्ने ६० बर्षिय दुबै मृगौला फेल भएका मुक्त हलिया विरे सार्कीलाई आर्थिक सहयोग गरिएको छ । उपचार अभाबमा घरमै जिवनमरणको दोसाधमा रहेका विरेलाई थोरै समय औषधि खान र खाद्यन्नमा किन्नलाई सहयोग होस भनेर पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह मार्फत १० हजार सहयोग गरिएको छ ।
आर्थिक अबस्था निकै कमजोर भएका बिरेको परिवारलाइ थोरै भएपनि सहयोग होस भनेर १० हजार सहयोग गरेको पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले वताएका छन् । अमेरिका बस्ने बजुरेली समाजले बाजुराका बाढी पिडित र समस्या परेकालाई सहयोग रकम बाट उनलाई पनि सहयोग गरिएको अध्यक्ष सिंहले वताएका छन् ।
बिर सार्कीको घरमा ५ जना परिवार रहेका छन् । श्रीमति अमृता सार्की बाथरोगको बिरामी छन्, भने एउटा आँखा देख्न सक्दैन्न । उनकाल एक छोरा र एक छोरी शारिरिक अशक्क्त रहेका छन् । श्रीमान मृगौलो रोग बाट ग्रस्त भएपछि उनको परिवारमा चरम खाद्यन्न संकट समेत भएको स्थानिय मनविर सार्कीले वताएका छन् । श्रीमान खेताला लागेर परिवार पाल्ने गरेका थिए । श्रीमान नै अशक्क्त भएपछि परिवार नै समस्यामा परेको छ । अरुलाइ मागेर र गाँउलेको सहयोगमा परिवारले छाक टारिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार