शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • सीपीएल : सन्दीपको किफायती बलिङ

सीपीएल : सन्दीपको किफायती बलिङ

  • बुधबार, भदौ १७, २०७७
सीपीएल : सन्दीपको किफायती बलिङ

ट्रिनीडाड : क्याराबिन प्रिमियर लिग(सीपीएल)को यस सिजनको सातौं खेलमा सन्दीपले निकै राम्रो बलिङ गरेका छन्। सन्दीप आवद्ध टोली जमैकाले ट्रिवागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गरिरहेको छ। सन्दीपले ४ ओभर बलिङ गर्दा १९ रन दिएर १ विकेट लिएका छन्। जमैका २० रनले परािजत भएको छ ।
ब्रायन लारा क्रिकेट मैदान भएको खेलमा जमैकाले टस जितेर बलिङ रोजेको थियो पहिले ब्याटिङ गरेको ट्रिबागोले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो। १८५ रनको लक्षय पाएको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो । पहिलो बलमै विकेट गुमाएपछि जमैकाका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् । छैटौं र आठौ नम्बरमा ब्याटिङमा आएका आन्द्रे रसेल र कार्लोस ब्रेथवेटले ओक्रामक ब्याटिङ गरे पनि यो जितको लागि पर्याप्त भएन । रसेल २३ बलमा ५० र ब्रेथवेट १६ बलमा २१ रन बनाएर नटआउट रहे । ओपनर ग्लेन फिलिप्सले ४१ रन बनाए ।

ट्रिबागोबा लागि न्युजिल्याण्डका ब्याट्सम्या कोलिन मुन्रोले सर्वाधिक ६५ रन बनाए। कस्तान समे रहेका कारन पोलार्डले ३३, सुनिल नारिनले २९, लमन्डी सिमोन्सले २५ रन बनाए।

जमैकाका लागि कार्लोस ब्रेथवेटले २ विकेट लिँदा सन्दीप लामिछाने र फिडेल इडवार्डले १–१ विकेट लिए।

ट्रिबागोका व्याट्सम्यानले जमैकाविरुद्ध सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको थियो। जम्मा ११ बलमा २९ रन बनाएका सुनिल नारिन तेस्रो ओभरमा आउट भएपनि त्यसपछिका व्याट्सम्यान पनि जमैकामाथि हावी भइरहे।

अघिल्ला खेलमा १०औं १२औं ओभरमा सन्दीप बलिङमा आउथे यस खेलमा ८औं ओभरमै बलिङमा आएका थिए। यस ओभरमा उनले जम्मा ३ रन दिएका थिए। १०औं ओभरमा उनले १ विकेट लिँदै ८ रन दिए। सन्दीपले सिमोन्स र मुन्रोको ४६ रनको साझेदारी विकेट लिएर ताडेको थिए।

त्यसपछि सन्दीपले १२ औं ओभरमा २ र १४औं ओभरमा ७ रन दिए। निकै दवावमा परेका बेला जमैकाका अन्य बलर महंगो बन्दा सन्दीपले निकै किफयती बलिङ गरेका हुन्।

सन्दीपले यस सिजनका ७ खेल खेल्दा १० विकेट लिएका छन्। उनको टोली जमैकाले ७ खेल खेल्दा ३ मा मात्रै जित निकालेको छ।

चर्चामा

सम्बन्धित समाचार