• होमपेज
  • कोशी प्रदेश
  • धरानको बिपी प्रतिष्ठानमा कोरोना संक्रमित आमा-छोराको मृत्यु

धरानको बिपी प्रतिष्ठानमा कोरोना संक्रमित आमा-छोराको मृत्यु

  • आइतवार, भदौ १४, २०७७
धरानको बिपी प्रतिष्ठानमा कोरोना संक्रमित आमा-छोराको मृत्यु

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार धरान-१७ की ७४ वर्षीया वृद्धा र धरान-१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। उनीहरू आमा-छोरा हुन्।

वृद्दाको आइतबार बिहान साढे ८ बजे र पुरुषको बिहान ७:४५ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए। दुवै शनिबार साँझ अस्पतालमा भर्ना भएका थिए।

उनका अनुसार वृद्धालाई आइतबार बिहान नै भर्ना गरिएको थियो। सापकोटाका अनुसार मधुमेह, उच्च रक्तचापकी बिरामी उनलाई अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या आएको थियो। एक सातादेखि सो समस्या भएकी उनलाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो।

उनको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो।

यस्तै, ६० वर्षीय पुरुष शनिबार राति ९ बजे भर्ना भएका थिए। उनको बिहान ७:४५ मा मृत्यु भएको सापकोटाले बताए। उनको १० दिनदेखि अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या थियो।

चर्चामा

सम्बन्धित समाचार