आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • नगरप्रमुख गिरि सहितकाे टाेलि राहत लिएर बाढीपिडीतकाे घर दैलाेमा

नगरप्रमुख गिरि सहितकाे टाेलि राहत लिएर बाढीपिडीतकाे घर दैलाेमा

  • आइतवार, भदौ १४, २०७७
नगरप्रमुख गिरि सहितकाे टाेलि राहत लिएर बाढीपिडीतकाे घर दैलाेमा

काेल्टि– बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी सहितकाे टाेली राहत लिएर बाढिपहिराे पिडितकाे घर दैलाेमा पुगेका छन् । बाढिपहिराेकाे अनुगमन सँगै पिडितलाइ राहत समेत बितरण गरेका छन् ।

बुढीनन्दा नगरपालिका वडा नं ४ ताडिका बाढीपहिरो प्रभावितलाई नेपाली काँग्रेस जिल्ला कार्य समिति र बुढीनन्दा नगर कार्य समितिले राहत वितरण गरेका छन । अविरल बर्षाले घर विहिन भएका प्रतिपरिवार १ वटा पाल र १ कम्वल वितरण गरिएको हो । त्यस्तै जग्गा जमिन क्षतिभएका प्रति परिवारलाई रु १ हजार ५ सयका दरले ३२ परिवारलाई ४८ हजार रुपैया राहत स्वरुप वितरण गरिएको जनाइएकाे छ ।

नेपाली काँग्रेस इकाई सभापति लालबहादुर बोगटीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी रहनुभएको थियो । सो राहत सामग्री र रकम कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गिरीले वितरण गरेका थिए ।

विशिष्ट अतिथि नेपाली काँग्रेसका जिल्ला कार्य समितिका कोषाध्यक्ष नारायण पाध्या रहेका थिए ।  कार्यक्रममा महाधिवेसन प्रतिनिधि रामबहादुर बोहोरा, जिल्ला कार्य सतिति सदश्य रिता देवी सिह, जिल्ला समन्वय समिति सदश्य मोहन सिह कार्की, युवा नेता शिव कुमार बोहोरा वडा नं ७ का वडाध्यक्ष अशोक दानी लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार