बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाले भारतको बेहाल : साढे ६२ हजारको मृत्यु

कोरोनाले भारतको बेहाल : साढे ६२ हजारको मृत्यु

  • शनिबार, भदौ १३, २०७७
कोरोनाले भारतको बेहाल : साढे ६२ हजारको मृत्यु
फाइल तस्बीर

भारतमा शनिबार थप ७६ हजार ४७२ जना कोरोनासंक्रमित थपिएका छन् । शुक्रबार कीर्तिमानी ७७ हजार मामिलाभन्दा यो थोरै कम हो । पछिल्लो केही दिनयता भारतमा लगातार ७० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् र स्थिति लगातार चिन्ताजनक बन्दै गइरहेको छ ।

भारतमा ३४ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् । कुल संक्रमितको मामिलामा भारत विश्वमा अमेरिका र ब्राजिलभन्दा पछि मात्र रहेको छ ।
पछिल्लो दुई हप्ताको दौरान भारतमा एक दिनमा फेला संक्रमितको संख्याले लगातार कीर्तिमान बनाइरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण १ हजार २१ जनाले ज्यान गुमाएका छन् । योसँगै महामारीमा ज्यान गुमाउनेको संख्या ६२ हजार ५५० पुगेको छ ।

यता, सेप्टेम्बर १ देखि भारतमा प्रतिबन्धहरुमा केही छुट दिने तयार भइरहेको छ । केही दिनअघि मात्र मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानीको जीवन पुनः सुचारु गर्न मेट्रो सेवा शुरु हुन जरुरी रहेको बताएका थिए । यद्यपि, यसबारे अझै केही फैसला भइसकेको छैन ।

भारतमा यतिबेला मेडिकल र इन्जिनियरिङको परीक्षा स्थगन गर्न हजारौँ विद्यार्थी सडकमा छन् ।

चर्चामा

सम्बन्धित समाचार