संगठनमा आफ्नो मात्र देन,आफू हुदा सबै हुनुपर्ने नहुदा केही नहुने परिपाटी गलत छ।कतिपय जिल्ला हाकिरहेका नेता ज्यु हरु अर्को गुटका साथीहरू लाई बोलचाल बन्द देखि सामाजिक संजाल फेसबुक, बाट पनि हटाउने,कुनै कार्यक्रममा पनि त्यो नआईदिय हुन्थ्यो सम्म कसरतमा लागेका छन् ।आफू नेतृत्वमा हुदा पार्टी कुन हैसियतमा पुग्यो त्यो मुल्यांकन गर्न जरुरी छ।बेला मौकाले पायको सफलता लाई सम्झेर सधैं ब्याज खान पाईदैन।संगठनमा नयाँ स्वाद,आयाम थप्न नयाँ अनुहार नेतृत्वमा आउन जरुरी छ।
बाजुरामा काङ्ग्रेस र काङ्ग्रेसि घटेका छैनन्।नेतृत्वको टकराव,गुटबन्दी र एक अर्को लाई जसरी पनि सक्ने केन्द्र देखि जिल्ला सम्मको रणनीतिले ठुलो घाटा ब्यहोर्दैछ।पार्टीमा आफुले जे चाह्यो,मन लाग्यो गरिहाल्ने अरुको सल्लाह र सुचना बाट बिमुख बनाउने काम हितकार हुदैन।
गुटबन्दीको स्कुलिङ जरा सम्म पुगेको छ।युवा पुस्ता ग्रस्त छन् ।हामि,हाम्रो पुस्ता त गर्यौ अबको नयाँ पुस्ताले गर्नुहुन्न भन्नुपर्ने ठाउँमा बढवा दिने चलन चलायका छन् ।यसले भोलीको बाजुरा काङ्ग्रेस लाई ठुलो धक्का पुग्नेछ।
जसरी रुखमा पात समय, मौसम अनुसार परिवर्तन हुने गर्छन् काङ्ग्रेस नेतृत्व पनि समय अनुसार परिवर्तन जरुरी छ।सामुहिक भावना सहितको आपनत्व,सबैको सहअस्तित्व नस्विकार्दा बिगत देखि पटकपटक बाजुरा काङ्ग्रेस गम्भीर मोडमा पुगेको तितो यथार्थ हामी माझ छ।इतिहासको समिक्षा,वर्तमानको गति, सहयात्रीको पराजयमा आफ्नो बिजय ठान्ने प्रवृत्ति,पुरानै संगठात्मक शैली,गुटबन्दीले केन्द्र देखि ग्रासरुट सम्म जरा गाड्नुले काङ्ग्रेसको नेतृत्व चुकेको छ।आफू नसक्ने अरुको बाटो छेकिरहन हुदैन।बिगतका निर्वाचन २०५१,२०७० को दोस्रो संविधान सभा चुनाव,२०७४ को निर्वाचन लाई फर्केर हेर्दा आपसी खिचातानीको उपजले काङ्ग्रेस बाजुराले ओरालो लागेको छ।निर्वाचन हार्दा सुकिला मुकिला र क्षणिक स्वार्थमा लाग्ने औलामा गनिने नेताहरुको जिविकोपार्जन त चलेको होला तर चप्पलको फिता फेर्न नसकेका हजारौं काङ्ग्रेस र काङ्ग्रेसि कार्यकर्ताको मन कुडियको छ।जीवन धान्न छट्पटी भैरहेको छ।अझै काङ्ग्रेसको नेतृत्व परिवर्तन भएन,पुरातन पृतीशतात्मक शैली लाई बढवा दियौ भने तपाईं हाम्रो उज्ज्वल भबिस्य सहि बाटोमा हिड्दैन।त्यसैले युवाहरुले फेरि एकपटक सोच्न जरुरी छ बाजुरा काङ्ग्रेस तङ्गृन नेतृत्व परिवर्तन जरुरी छ।