• होमपेज
  • समाज
  • बुढिनन्दा ताडीका बाढी पहिरो विस्थापित २४ परिवारलाई पाल सहयोग

बुढिनन्दा ताडीका बाढी पहिरो विस्थापित २४ परिवारलाई पाल सहयोग

  • शुक्रबार, भदौ १२, २०७७
बुढिनन्दा ताडीका बाढी पहिरो विस्थापित २४ परिवारलाई पाल सहयोग

बाजुरा :  बुढीनन्दा नगरपालिका ४ ताडीका २४ परिवारलाइ पाल वितरण गरिएको छ । पाल सांसद बल्देव रेग्मीकाे प्रमुख आथित्यमा वितरण गरिएको छ । बाढी र पहिरोले विस्थापित २४ परिवार आफन्तको घरमा र स्वास्थ्य केन्द्रको भवनमा बसिरहेका छन् । अघिल्लो वर्षमै जोखिम रहेको ताडी बस्ती अहिले पूर्णरुपमा विस्थापित बनेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त बस्ती स्थानतरणका लागि केन्द्रिय सरकारलाई जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरिसकेको बुढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मी बडिमालिका खबरलाइ बताएकि छन् ।

ताडिका बासिन्दालाइ सडक अवरुद्ध हुँदा खाद्य संस्थानमा चामलको चरम अभावका कारण खाद्यन्न सहयोग गर्न सकिएको छैन्, हवाई मार्ग मार्फत चामल ढुवानी गर्न प्रक्रिया अघि बढिसकेको छ, अब थप राहत केही समयपछि वितरण गर्ने रेग्मिले बताईन् ।

त्यस्तै नगरपालिकाको विपत व्यवस्थापन समितिद्धारा निर्णय गरी बस्ती स्थानतरण गर्न सम्बन्धित मनत्रालयको ध्यानाकर्षण गरिएको उपप्रमुख रेग्मीले बताईन् । महिनौं दिनदेखि सडक अवरुद्ध हुँदा कोल्टी खाद्य  डिपोमा चामलको अभाव भएपछि खाद्यन्न वितरण गर्न समेत नसकेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार