• होमपेज
  • समाज
  • बुढिनन्दा नगरपालिकाका ६ जनाको शार्की परिवार काठमाण्डौमा बिचल्ली

बुढिनन्दा नगरपालिकाका ६ जनाको शार्की परिवार काठमाण्डौमा बिचल्ली

  • शुक्रबार, भदौ १२, २०७७
बुढिनन्दा नगरपालिकाका ६ जनाको शार्की परिवार काठमाण्डौमा बिचल्ली

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ को ६ जनाको दलित परिवार काठामाण्डौमा अलपत्र परेको छ । शार्की परिवार बाजुराबाट ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डाै  गएको र लकडाउन हुँदा झन समस्यामा परेको छ ।
बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली गाउँकी सुसिला शार्कीको परिवार हाल काठमाण्डौमा अलपत्र अबस्थामा रहेको बुढिनन्दा नगरपालिका बासी हिमसिखर मल्लले जानकारी दिएका छन । उनको परिवारका लागि केही युटुवरबाट राहत संकलन गरि हालसम्म ब्यबस्थापन गरेको भए पनी अब समस्या हुने मल्लले बताए । ४ महिना भयो उनले नुन र तरकारी समेत खान नपाएको मल्ले बडिमालिका खवरलाई बताएका छन ।

सुसीलाका श्रीमान सुस्त मनस्थीतीका भएकोले उनको उपचारका लागि नाबालक छोराछोरी समेत लगेर ९ महिना अगाडी काठमाण्डौ गएको बुभिएको छ । उनको उपचार हुदाहुदै कोरोना महामारीका कारण लकडाउनमा परेकोले ४ महिनादेखी अलपत्र अबस्थामा रहेको मल्लले जानकारी दिएका छन । उनको परिवार ५ महिना अगाडी सम्म बजार जताततै भारी बोक्ने ज्यला मज्दुरी गरी खाने भए पनी हाल लकडाउनका कारण कुनै काम नपाएपछी उनका ३ छोराछोरी बुढो र आफु अलपत्र अबस्थामा रहेको सुसीलाले बताइन ।
केही समय अगाडी आफुले भेटाएपछी बिभन्न युटुवरलाइ बोलाएर सहयोग गर्न लगाइयो केही दाल चामल आफुले पनी दिए अब सबै तिर सबैलाई समस्या हुदै गएको छ हिमसिखर मल्ले बताए । उनले भने आफ्नो ९ आनाको जमीन छ त्यसैमा तरकारी लगाउ भनेको छु उनको अहिले दैनीकी ब्यहाल भएको मल्लले जानकारी दिएका छन । हाल उनको ६ जनाको परिवार काठमाण्डौ स्थित चन्द्रगिरी नगरपालिकाको छेउतिर जग्गलको छेउँमा रहेको पुरानो छोडेको घरमा ओत लागेर बसेका छन । मल्लले भने ।
लकडान पश्चात उनको परिवारका लागि नगरपालिकाले केही गर्नुपर्ने अबस्थामा नगरपालिका पनी ब्यखवर बनेको छ । नगरपालिकाले हुने खानेहरुको उद्धार गरेको भए पनी हुदा खानेको ब्यवास्था गरेको स्थानीयले बताउदै आएका छन ।
उनको परिवारको उद्धारमा सबैले सहयोग गरिदिन हिमसिखर मल्लले अनुरोध समेत गरेका छन । यदि उनको ६ जनाको परिवारलाइ सहयोग गर्न चाहाने सहयोगी मनहरुले हिम सिखर मल्लको सम्र्पक फोन न ९८४०६०१२५३ मा सम्र्पक गर्नुहुोला ।

चर्चामा

सम्बन्धित समाचार