• होमपेज
  • समाज
  • अमेरीका बाट बाजुरेलीले गरेको सहयोग रकम बाढीपहिरो पिडितलाई बितरण

अमेरीका बाट बाजुरेलीले गरेको सहयोग रकम बाढीपहिरो पिडितलाई बितरण

  • शुक्रबार, भदौ १२, २०७७
अमेरीका बाट बाजुरेलीले गरेको सहयोग रकम बाढीपहिरो पिडितलाई बितरण

बाजुराका बाढी पहिरोबाट पिडित परिवारका लागी अमेरिकाबाट सहयोग गरेको रकम बाढीपहिरो पिडितलाइ बितरण गरिएको छ । जन्मथलो बाजुरा भई हाल अमेरिका बसोवास गर्नेहरुले आर्थिक संकलन गरेर बाजुराका बाढीपिडितलाई सहयोग गरेका छन् ।
बाजुरा लगाएत सुदुर पश्चिम घर भई हाल अमेरिकाको बिभिन्न राज्यमा बस्दै आएका ५६ जनाको सहयोगमा जम्मा ६ लाख ६३ हजार २ सय ८० रुपैयाँ राहत संकलन गरेर पठाएको थियो । उक्क्त रकम जिल्ला प्रहरी कार्यलय बाजुरा, स्थानिय तह र जिल्ला दैबिक बिपत्त ब्यबस्थापनको सहकार्यमा पिडितलाइ हस्तान्तरण गरिएको पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले वताएका छन् ।


जिल्ला प्रहरि कार्ययलयमा तथ्याङ्कमा असार यता बाढीपहिरो बाट ६ जना मृत्यु भएको उल्लेख रहेको छ । मृतकका आफन्तलाई प्रति ब्यक्ति २० हजारका दरले १ लाख २० हजार सहयोग गरिने रहेको छ । त्यस्तै प्रहरीको तथ्याङ्कमा असार पुर्ण रुपमा बिस्थापित भएका परिवारलाई प्रति परिवार ८ हजारका दरले सहयोग गरिएको प्रेश युनियनका केन्द्रिय सदस्य दयाराम पण्डितले वताएका छन् । घर भत्केर पुर्ण रुपमा बिस्थापित भएका बडिमालिका नगरपालिकामा ३५ परिवार र गौमुलका २० परिवारलाइ सहयोग गरिसकेको छ । बुढिनन्दाका बाढीपिडितलाइ पनि चाडै सहयोग हस्तान्तरण गरिने भएको छ ।


बडिमालिका नगरपालिका ३५ परिवारलाई बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट मार्फत हस्तान्तरण गरिएको छ । गौमुल गाँउपालिका २० परिवार र एकजना मृतकका आफन्तलाई साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी मार्फत गौमुल गाँउपालिका उपाअध्यक्ष सिता थापालाइ हस्तान्तरण गरिएको छ । उक्क्त रकम सिता थापा मार्फत पिडितलाई हस्तान्तरण हुने भएको छ । त्यस्तै खप्तड छेडेदह गाँउपालिका ५ मृतक सोमिका बुढाका बुवालाई जिल्ला समन्वय समितका प्रमुख नरेन्द्र कुमार रोकाया र प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित मार्फत २० हजार सहयोग हस्तान्तरण गरिएको छ । त्यस्तै बुढिगंगा १ मृतक धर्मराज पाध्यायका आफन्तलाइ साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी मार्फत सहयोग हस्तान्तरण गरिएको थियो ।


अमेरिका बाट बाजुराका बाढीपिडित परिवारलाइ गरेको सहयोग ठुलो सहयोग भएको समन्वय प्रमुख नरेन्द्र रोकायाले वताएका छन् । दुख पर्दा हाम्रो पनि साथ भनेर उहाँहरुले एकेबद्धता जनाएको रोकायाले वताएका छन् । उपप्रमुख कबिता बिष्ट र उपाअध्यक्ष सिता थापाले सहयोग गर्ने सहयोगि मनलाइ धन्यवाद दिएकि छन् ।


संकलित रकम पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहको नाममा नेपाल पठाएको अमेरिका बाट पदम बहादुर शाहीले वताएका छन् । राहत संकलन अभियानमा लागेका जनक थापाले भने बाढी पहिरोबाट बाजुरामा निक्कैनै प्रभावित बन्यो, त्यसमा हाम्रो पनि सानो सहयोग होस् भन्ने उद्देश्यले हामीहरुले अमेरिकामा सबैलाई अपिल गर्याै । छोटो समयमा ६ लाख भन्दा बढी रकम संकलन गर्न सफल भएको वताए । त्यस्तै मनलाल जैशीले भने वास्तविक पिडितले राहत पाउन् आगामी दिनमा पनि हाम्रो सहयोग निरन्तर जारी रहनेछ । बाजुरामा बाढीपहिराले ठुलो धनजनको क्षति पुयाएकाले थोरै भएपनि आफुहरुले अभियान चलाएर सहयोग गरेको जैशीले थपे ।


बाजुरामा असार यता बाढि र र पहिरामा परेर १ जना बेपत्ता भएका छन भने ३ जनाको मृत्यु भएको छ । ७१ परिवार पुर्ण रुपमा बिस्थापित भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बुढिगंगा नदिले १ बेलिबिज्र र ५ वटा झोलुङ्गे पुल बगाएको थियो, भने नदि किनारमा रहेका खेत जग्गा बगाएको थियो । त्यस्तै ताप्रिसेरामा आएको बाढिले ताप्रिसेरामा आएको पक्की पुल बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार