शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ६
  • दुई गाउँपालिकाकाे पहलमा खुलाए कणाली करिडोर

दुई गाउँपालिकाकाे पहलमा खुलाए कणाली करिडोर

  • बिहिबार, भदौ ११, २०७७
दुई गाउँपालिकाकाे पहलमा खुलाए कणाली करिडोर

 अनिल शाही — कालीकोट जिल्लाको पलाँता गाउँपालिका र पचालझरना गाउँपािलका मिलेर कर्णाली करिडोरको पहिरो पञ्छाएपछि ११ किलोमिटर सडक सञ्चालनमा आएको छ । लगातारको पहिरोका कारणले निमार्णानिध कर्णाली करिडोर अवरोध भएको २७ दिन पछि दुई वटा स्थानीय सरकारको पहलमा ११ किलोमिटर सडक सञ्चालनमा ल्याएकाे पचालझरना गाउँपालिकाका अध्यक्ष खडकराज सेजुवालले जानकारी दिनुभयाे ।
पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर बम र पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले आ आफ्नो गाउँपालिका वाट भुक्तानी दिने गरी स्काभेटर लगाएर ठाउँठाउँको पहिरो हटाएपछि करिडोरको ११ किलोमिटर सडक सञ्चालनमा आएको छ । वाढीले फुगाढमा नेपाली सेनाले वनाएको वेलिबृज पुल समेत वगाएको थियो ।
अहिले त्यो ठाउँमा ढुङगाको सोलिङ मिलाएर यातायातका साधन चलाउन मिल्ने वनाईएको छ । कर्णाली करिडोर निमार्ण नेपाली सेनाले गरिरहेको छ । नेपाली सेनाले मौसममा सुधार नहुदा सम्म अवरुद्ध सडक नवनाउने भएपछि स्थानीय सरकारले आफ्नो क्षेत्रमा पर्ने सडक आफै मर्मत गरेर सञ्चालनमा ल्याएका छन । करिडोरकोको जितेवजार वाट सान्तीघाट वजार सम्मको १६ किलोमिटर सडक वनेको छैन ।
सान्नीत्रिवेणी गाउँपालिका भित्र पर्ने सडक वनाउन गाउँपालिका पनि तयार नभएन र नेपाली सेनाले पनि अहिले वनाउन नसक्ने वताएपछि त्यो खण्ड पुर्ण रुपमा अवरोध छ ।

नेपाली सेनाले मौसममा सुधार भएपछि वनाउनु भन्ने माथिको आदेश कुरेर वसेको छ भने सान्नीत्रिवेणी गाउँपालिकाले नेपाली सेनाले हस्तान्त्रण नगरेको सडक उसैले वनाउनु पर्ने भन्दै वसेको छ । त्यस्तै बाजुरा खण्डमा भने समान्य पहिराेले सडक विगारेकाे छ । बाजुरा खण्डमा एक दुईदिन स्काईभेटर संचचालन गरे तत्काल बाजुरा खण्ड समेत सुचारू हुने देखिन्छ । कणालि करिडाेर संचालन गरे बाजुराकाे कुण्डा क्षेत्र र सदरमुकाम मार्तडिमा समेत खाध्यान्न पुगाउन सहज हुने बाजुराका प्रहरी नायब उपरिक्षक टंक प्रसाद भटराईकाे भनाई छ ।यसको मारमा स्थानीय नागरिक र ब्यापारी परेका छन ।

चर्चामा

सम्बन्धित समाचार