मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश १
  • ६० जना सहसचिवको सरुवा

६० जना सहसचिवको सरुवा

  • बिहिबार, भदौ ११, २०७७
६० जना सहसचिवको सरुवा

सरकारले ६० जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्र तथा प्रदेशका विभिन्न मन्त्रालय र विभागमा कार्यरत ६० जना सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयस्तरीय सो निर्णयबाट सरुवा भएकाहरुमा २७ जना प्रदेश सचिव रहेका छन् ।

जसमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका दिनेशकुमार घिमिरे प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा, प्रधानमन्त्री कार्यालयमै रहेका राजेन्द्रकुमार पौडेल प्रदेश १ को आन्तारिक मामिला मन्त्रालयमा गृहमन्त्रालयका महादेव पन्थ ५ नम्बर प्रदेको सामाजिक विकास मन्त्रालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेका चुडामणि पौडेल सुदूरपश्चिम प्रदेशको आन्तारिक मामिला तथा कानुन मन्त्रालयमा, पर्यटन मन्त्रालयका कमल प्रसाद भट्टराई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् । त्यस्तै लोकसेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी ५ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार