बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सांसद नेतृत्वको टोली बाढीपिडीत बस्तीमा

सांसद नेतृत्वको टोली बाढीपिडीत बस्तीमा

  • बिहिबार, भदौ ११, २०७७
सांसद नेतृत्वको टोली बाढीपिडीत बस्तीमा

जीवन कैला — सदुरपश्चिम प्रदेश सभा सदश्य सांसद वल्देव रेग्मी लगायतको टोलिले बाढी पहिरोको उच्च जोखिममा रहेका वस्तिहरुको आज अनुगमन गरी राहात वितरण गरेकोे छ । यति वेला गृह नगरपालिकामा रहनुभएका सदुरपश्चिम प्रदेश सभा सदश्य सांसद रेग्मीले बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ४ ताडी गाउँको आज अनुगमन गरी राहत स्वरुप त्रिपाल सहयोग गर्नुभएको विद्यार्थी नेता इन्द्र बोहोराले जानकारी बताए ।

नेकपा जिल्ला कमिटी कार्यलय सदस्य जनक कुमार बोहोरा, बुढीनन्दा नगरपालिका उपप्रमुख श्रृष्टी रेग्मी, वडा नं नौं का वडा अध्यक्ष खडक बोहोरा, वडा नं ४ वडा अध्यक्ष राजन कुमार रोकाया लगायतको टोलिले वाढि पहिरो बाट प्रभावित भएका ताडी गाउँका २४ परिवारलाई भेटेर प्रति परीवार १÷१ वटा त्रिपाल सहयोग गरेकाे बताएकाे छ । राहात सामाग्रि वितरण तथा वस्ति अनुगमनका क्रममा आज ताडि लगायतका वस्तिका स्थानियको घरदैलेमा पुग्नुभएका सांसद रेग्मीले वाढि पहिरोको जोखिममा रहेका परीवारहरुलाई तत्कालै सुरक्षित ठाँउमा स्थान्तरण गर्न सक्दो सहयोग गर्न आफु तत्पर रहेको बताए ।
बुढीनन्दा नगरपालिकाका अधिकासं वस्तिहरु वाढि र पहिरोको उच्च जोखिममा रहेका बताउदै सांसद रेग्मीले वाढि पहिरोको प्रवल सम्भावना रहेका वस्तिहरु तथा वाढि पहिरो बाट क्षेति भएका वस्तिहरुको पनि तत्काल लागत संकलन गरी राहातको ब्यवस्थापन गरीने बताए । राहात सामाग्रि वितरणमा ताडि पुग्नुभएका सांसद रेग्मीले वाढि पहिरो बाट विस्थापित वस्तिका स्थानियलाई तत्काल अर्काे स्थानमा स्थान्तरण गरीने र उनिहरुलाई आवश्यक पर्ने सामाग्रिको ब्यवस्थापन गरीने प्रतिवद्धता जनाउनुभएको युवा संघ जिल्ला कमिटी सदस्य विस्न बहादुर कार्कीले बताए ।
वाढि पहिरोबाट प्रभावित भएका तथा क्षेति ब्यहोरीरहेका स्थानियलाई सके सम्म बुढीनन्दा नगरपालिकाले सहयोग गर्ने र यति नगरपालिकाको स्रोत साधानले नभ्याएको खण्डमा प्रदेश सरकार संग पनि सहयोगका लागि पहल गरीने आश्वासन दिएका छन । अनुगमनका क्रममा उपप्रमुख रेग्मीले वाढि पहिरो बाट विस्थापित परीवारलाई तत्काल खान वस्नको व्यवस्थापन गर्ने र वस्ती स्थान्तरणका लागि माथिल्लो तहमा पहल गरीने वताउनु भएको छ । नेकपा जिल्ला कमिटी कार्यलय सदस्य जनक कुमार बोहोराले बाढी पहिरो पिडीतको लागत संकलन गरि वस्ती व्यवस्थापन तथा स्थान्तरणका लागि नेकपाले जिल्ला प्रशासन कार्यलय बाजुरामा ज्ञापन पत्र बुझाईसकेको र जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी स्थानान्तरणका लागि उक्त वस्तीलाई पहिलो प्राथमिकतामा राखीसकेको बताए । राज्यको नजर भन्दा टाढा र दुर्गम जिल्लाका रुपमा परीचित बाजुरा जिल्ला वर्षेनि वाढि पहिरोको चपेटामा रहने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार