शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • १३ हजार करोड हिनामिना गरेको आरोपमा श्रीमान जेलमा, श्रीमतीविरुद्ध रेडकर्नर नोटिस जारी

१३ हजार करोड हिनामिना गरेको आरोपमा श्रीमान जेलमा, श्रीमतीविरुद्ध रेडकर्नर नोटिस जारी

  • बुधबार, भदौ १०, २०७७
१३ हजार करोड हिनामिना गरेको आरोपमा श्रीमान जेलमा, श्रीमतीविरुद्ध रेडकर्नर नोटिस जारी

एजेन्सी —  इन्टरपोलले भारतमा पीएनवी (पञ्जाब पञ्जाव नेशनल बैंक) मा अवैध कारोबार गरेको आरोप खेपिरहेका निरव मोदीकी पत्नी अमी मोदी विरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । इन्टरपोलले यो कदम प्रवर्तन निर्देशनालय (ईडी)को अनुरोधमा चालेको हो । निर्देशनालयले अमीले १३, ५०० करोड भारतीय रुपैयाँ हिनामिना गरेको दाबी गरेको छ । अमी मोदी अमेरिकी नागरिक हुन् ।

यसैबीच भारतको कर्पोरेट मामिला मन्त्रालयले नीरव मोदीबाट ३.२५ मिलियन डलर (करिब २४.३३ करोड भारतीय रुपैयाँ) को सम्पत्ति कब्जा गर्न सफल भएको छ । इडीका अनुसार अमीले सो अवैध पैसाले अमेरिकाको न्युयोर्कस्थित सेन्ट्रल पार्कमा २ वटा अपार्टमेन्ट खरिद गरेकी छिन् । अघिल्लो वर्ष सेप्टेम्बरमा नीरव मोदीका कान्छा भाई नेहल मोदी र बहिनी पूर्वी मोदीके विरुद्धमा पनि इन्टरपोलले नोटिस जारी गरेको थियो ।

रेडकर्नर नोटिस अन्तर्राष्ट्रिय गिरफ्तारीको वारेन्ट हो । रेडकर्नर नोटिस जारी भैसकेपछि इन्टरपोलले आफ्ना १९२ सदस्य मुलुकहरुमा भाग्ने व्यक्तिलाई तत्काल पक्राउ गर्न सूचना जारी गर्दछ । नीरव मोदी भने बेलायतको जेलमा रहेका छन् । उनी सन् २०१९ मार्चमा पक्राउ परेका थिए ।

यो वर्षको सुरुमै उनीविरुद्ध मुम्बई अदालतले उनलाई एक भगौडे आर्थिक अपराधी घोषणा गर्दै सम्पत्ति जफत गर्न आदेश दिएको थियो । ईडीले उनीबाट ३२९ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति कब्जा गरिसकेको छ । उनलाई बैंक घोटाला गर्ने र हिरा कारोबारीका रुपमा चिनिने गरिन्छ । पञ्जाव नेशनल बैंकको करिब १३ हजार करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप उनलाई लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार