बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते

चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते

  • मङ्लबार, भदौ ९, २०७७
चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते

कञ्चनपुरमा चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गएराति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन् । घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार