बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • पत्रकार शार्कीलाई परेको शोक प्रति रेडियो वुढीनन्दाद्धारा शोक बक्तब्य जारी

पत्रकार शार्कीलाई परेको शोक प्रति रेडियो वुढीनन्दाद्धारा शोक बक्तब्य जारी

  • मङ्लबार, भदौ ९, २०७७
पत्रकार शार्कीलाई परेको शोक प्रति रेडियो वुढीनन्दाद्धारा शोक बक्तब्य जारी

 सर्मीला रोकाया —  नेपाल पत्रकार महासंघ बाजुराका सह(सचिव तथा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव पत्रकार शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ । बुढीगंगा नगरपालिका(१० निवासी पत्रकार सार्कीकी धर्मपत्नी पुनीदेवी सार्कीको आज बिहान ३५ वर्षको उमेरमा उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा असमायिक निधन भएको हो ।

शार्कीका चार छोरी र एक छोरा रहेका छन् । पत्रकार शार्कीलाई परेको पत्नी शोक प्रति रेडियो बुढीनन्दाले आज एक शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेको छ । रेडियो बुढीनन्दाले पत्रकार शार्कीकी पत्नी गएको हप्ता देखि निमोनियाको विरामी भई उपचार हुन नसकि अस्पतालमा निधन भएको खवरले शोकमग्न भएको जनाएको छ ।

देशकै दुर्गम जिल्ला बाजुरामा रहेर लामो समय देखि पत्रकारीता गर्दै आउनुभएका पत्रकार शार्कीकि पत्निको निधन प्रति शोक वक्तब्य जारी गर्दै दलित समुदायबाट पत्रकारीतामा सक्रिय रुपमा लागि सिगाें बाजुराली समुदायका निम्ति अनवरत रुपमा कलम चलाउने पत्रकारलाई परेको पिडा निकै गहिरो रहेको जनाईएको छ ।

 रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाहीले एक सोक बक्तब्य जारी गर्दै नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा भएको शार्कीको असमाहिक निधनको खवरले रेडियो बुढीनन्दा परिवार स्तब्ध भएको र यस दुखत घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै कामना गर्दछाै, शोक वक्तब्यमा भनिएको छ ।

पत्रकार शार्कीलाई परेको पिडाको मशसुस गर्दै रेडियो बुढीनन्दा ९६ं.५ मेगाहर्ज परिवारले पिडाबाट पत्रकार शार्की पन्छीनु पर्ने स्थिती नआवस भन्ने तर्फ थप शक्ति प्राप्तिको कामना गर्दै एकजना श्रमजिवी पत्रकारले जुन प्रकारको पिडाको भोग्नु भएको छ त्यो पिडामा मलम लगाउन सरोकारवाला निकायले आवश्यक कदम चालोस भन्ने हाम्रो माग छ, रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाहीद्धार हस्ताक्षरीत शोक बक्तब्यमा उल्लेख गरीएको छ ।

चर्चामा

सम्बन्धित समाचार