• होमपेज
  • बडिमालिका
  • चार बर्ष देखी ओछ्यानमै रहेका छन, मार्तडीका लाल चँदारा(भिडियाे सहित)

चार बर्ष देखी ओछ्यानमै रहेका छन, मार्तडीका लाल चँदारा(भिडियाे सहित)

  • सोमवार, भदौ ८, २०७७
चार बर्ष देखी ओछ्यानमै रहेका छन, मार्तडीका लाल चँदारा(भिडियाे सहित)

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ९ गैरीबजारका लाल बहादुर चदारा ४ बर्षदेखी थला परेका छन । उनलाई घरबाट बाहिर ननिस्केका ४ बर्ष पुरा भयो । कामको शिलशिलामा भारत गएका उनी २०७२ साल चैत्र २० गते उनी मोटर साइकल दुर्घटनामा परी घाइते भए । उनको नयाँ दिल्ली स्थीत जयप्रकाश ट्रमा सेन्टरमा उपचार गरे तर उनको उपचार अझै सम्भव भएको छैन उनका बुवा परे चदाराले बताए ।
उपचारका लागि उनको परिवारले घर बैकंमा धितो राखे खेतबारी सबै बेचीसकेँ अझै उपचार हुन सम्भव हुन नसकेको उनका बुवा जया चदाराले बताए । लाल बहादुर चदाराको दाया तिरको कुनै अंग चल्दैन चर्पीमा पनी कसैको साहारामा मात्रै लिनुपर्छ उनका बुवा परे चदारा बताउछन ।


यही असारको महिनामा अपरेशन गर्न र औसधी लिन आउन अस्पतालले भनेको भए पनी कोरोना संकक्रमणका कारण लगडाउन गरिएकोले जान सकिएन बुवा परे चदाराले बताए ।
उनलाइ नियमित औषधी खुवानु पर्ने त्यो पनी सकिएकोले ४ दिन भयो उनलाइ समस्या भएको पारिवारीक श्रोतले जनाएको छ । उनलाई ४ दिन देखी औषधी औषधी सकिएकोले जटिल बन्दै गएको आफन्त राजेश पाएलले बताएका छन ।
लाल बहादुर चदाराको उपचारका लागि हाल सम्म ३० लाख खर्च भइसकेको र शल्यकृयाका लागि २७ लाख लाग्ने अस्पतालले बताएको आफन्त राजेश पाएलले बताए ।
उनका बुबा साल्ट टे्रडिङ्ग सेन्टरमा सामान्य क्रमचारीको रुपमा रहेका छन । उनको तलवले नपुग्ने भए पछि घर बैकंमा धितो राखेको र खेतबारी सबै बिक्री गरीसकेकोले उनको उपचार शल्यक्रृया समेत समस्या भएको उनका आफन्तहरुले बताएका छन ।
उनको उपचारका लागि घर छिमेकीहरुले पनी धेरै सहयोग गरिसके अब कुनै ठाउँमा पनी रिण काड्ने ठाउँ नै छैन छोरोलाइ बचाउन सके मात्रै भइहाल्थ्यो उनका बुवा परे चदारा बताउछन ।
उनको उपचार भारतको नयाँदिल्ली स्थित जय प्रकाश ट्रमा सेन्टर भन्दा बाहेक अर्को अस्पतालमा नहुने भए पछि उनको परिवारलाई निकै समस्या भएको उनको परिवारीक श्रोतले जनाएको छ ।
भारतको अस्पतालबाट ल्याएको औषधी सकियो जिल्ला अस्पताल बाजुरामा लियौँ त्यहाँ उसले खाने औषधी नपाइएको उनका बुवा परे चदाराले बताए । कोरोना संक्रमणले गर्दा गरिएको लकडाउन थपिदै गएको र औषधी पनी सकियो लाल बहादुरको मरणको दोसाधमा रहेको बुवा परे चदाराले बताए । उनले आफन्त र सहयोगीहरुलाई सहयोग गर्न समेत अनुरोध गरेका छन । सहयोग भए आफ्नो छोरो बाँच्न सक्ने उनका बुवा परे चदारा बताउछन ।

चर्चामा

सम्बन्धित समाचार