बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बुढिगंगा नदि तरेको ५० रुपैया

बुढिगंगा नदि तरेको ५० रुपैया

  • सोमवार, भदौ ८, २०७७
बुढिगंगा नदि तरेको ५० रुपैया

बडिमालिका नगरपालिकाको जडाङ्गामा बुढिगंगा नदि तरेको ५० रुपैया तिर्नु परेको छ । नदिमा रहेको बेलिब्रिज र झोलोङ्गे पुल बगाउदा स्थानियले तुइन निर्माण गरेपछि प्रतिब्यक्ति ५० रुपैया तिर्नुपरेको छ । सदरमुकाम आउन र जान यही तुइन चढ्नुको विकल्प नभएकोले ५० रुपैया तिर्न बाध्य भएका छन ।

तुइन जोखीममा चलाइरहेका छौ, प्रति ब्यक्ती ५० रुपैया लिने गरेको भए पनी ज्यान जोखीममा राखेर वारपार गराउने गरेको स्थानिय गोरख बडुवालले वताएका छन् । हाम्रो परिश्रम हेरम भने यो पनि सस्तो रहेको उनले वताएका छन् । बाजुराको साँफे मार्तडी सडक अन्तरगत जडाङ्गामा रहेको बुढिगंगा नदिमा बेलिब्रिज र झोलोङ्गे पुल बगाएपछी अहिले सो ठाउँमा तुइनबाट आवत जावत हुने गरेको छ । स्था

नियले आफै निर्माण गरेको तुईनमा दैनिक जोखिम यात्रा गरेर सदरमुकाम आउनु र सदरमुकामबाट बाहिर जान बाध्य भएक छन् । साउन २५ गते राती आएको अबिरल बर्षासंंगैे आएको बाढिले बेलिब्रिज र नजिकै रहेको झोलोङ्गे पुल बगाएपछी सो ठाउँमा आवत जावत गर्न स्थानीयको सक्रियतामा तुइन बनाएका हुन । स्थानयि १५÷१६ जनाकोे समुह मिलेर सोे ठाउँँमा यात्रा गर्नेहरुका लागि तुइन बनाएर सेवा दिएकको स्थानियले बताएकका छन । दैनिक जोखिम मोलेर तुइनबाटै आउजाउ गर्दा निकै जोेखीम मोेल्नु परेको छ ।

‘पुल नहुँदा तुइनबाटै वारपार गर्न निकैै जोेखीम रहेको छ । बिरामीलाइ तराउन भने निकै जोखिम रहेको संचालक गोरख बडुवालले बताए । बाध्य भएर काठको तुइन बनाएको गोरखले वताएका छन् । नदि तर्न सक्ने अबस्था छैन्, आवतजावत गर्न सहज होस भनेर स्थानियको सक्रियतमा तुइन बनाएको वताए । बुढिगंगा नदीमा खसिने पो हो कि भनेर डर लाग्छ तर सदरमुकाममा काम परिहाल्छ नजाउ भने पनी समस्या छ तुइनको जोखीम तुइन तर्न लागेकी नेकपा बाजुराकि नेता मन्देबी वलीले बताएकी छन् । सदरमुकाम आउन र जान यही तुइन चढ्नुको विकल्प नभएको बताउँछन ।

तुइन जोखीममा चलाइरहेका छन प्रति ब्यक्ती ५० रुपैया लिने गरेको भए पनी ज्यान जोखीममा राखेर वारपार हुने गरेका छन । हाम्रो परिश्रम हेरम भने यो पनि सस्तो रहेको स्थानियले वताएका छन् । तुइनबाट जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने बाध्यता त छदैछ यता तुइन संचालन गरेका स्थानीय बासिन्दालाई पनी उत्तीकै जोखीम रहेको बताए । तुइन पनि काठको बानएका छन् । कुनै प्राबिधिक सल्लाह भन्दा आफैनै तरिकाले वनाएका छन् । २५ गते आएको बाढिले बुढिगंगा नदिमा ५ वटा झालुङ्गे पुल र एउटा बेलीबिज्र बगाएको थियो । नदि किनारामा रहेका दर्जनौ घर र खेतियोग्य जमिन बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार