बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ४
  • चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना पुष्टि

चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना पुष्टि

  • सोमवार, भदौ ८, २०७७
चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना पुष्टि

चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।

संक्रमितहरु ५ देखि ५५ वर्ष उमेर समूहका छन्। उनीहरुको भरतपुर महानगरपालिकाका क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो।

आइतबार दिउँसो पनि चितवनका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। चितवनमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ सय ६४ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार