• होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका ५१ हजारको कोरोना परीक्षण, ४ हजारको रिर्पोट आउन बाँकी

सुदूरपश्चिमका ५१ हजारको कोरोना परीक्षण, ४ हजारको रिर्पोट आउन बाँकी

  • आइतवार, भदौ ७, २०७७
सुदूरपश्चिमका ५१ हजारको कोरोना परीक्षण, ४ हजारको रिर्पोट आउन बाँकी

सुदूरपश्चिम प्रदेशमा ५१ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ५१ हजार एक सय ८८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

सबैभन्दा बढि सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत २६ हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ भने डडेल्धुरा प्रयोगशाला, डोटी प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत २४ हजार पाँच सय ६५ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ५५ हजार एक सय ६३ जनाको स्वाब संकलन गरिएकोमा तीन हजार नौँ सय ७५ जनाको रिर्पोट आउन बाँकी छ। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार तनि सय ३१ पुगेको छ। संक्रमण पुष्टि भएको झण्डै चार हजार चार सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भईसकेको छ।  प्रदेशमा सबैभन्दा बढि कैलालीमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार चार सय २० पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार