जारी हत्याको विरोधमा प्रदर्शन गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ । गत भदाै ३ गते राति रौतहटको माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो ।
तर सो हत्याका दोषी हालसम्म पत्ता नलागेकाे तथा प्रदेश सरकारले जनताको सुरक्षा दिन नसकेको भन्दै अभियानले जनकपुर, रौतहत, वीरगञ्जमा लगायतका स्थानमा विरोध प्रदर्शन गर्दै मुख्यमन्त्रीको राजीनामा मागेकाे हाे ।
अभियानका रौतहट संयोजक शंकर दासले जनताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्री राउतले आफ्नो पदबाट राजिनामा दिनुपर्ने बताए ।