शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • निजामती कर्मचारी युनियन संघ बाजुराद्वारा बाढीपिडितहरूका लागि राहत सामाग्री हस्तान्तरण

निजामती कर्मचारी युनियन संघ बाजुराद्वारा बाढीपिडितहरूका लागि राहत सामाग्री हस्तान्तरण

  • शनिबार, भदौ ६, २०७७
निजामती कर्मचारी युनियन संघ बाजुराद्वारा बाढीपिडितहरूका लागि राहत सामाग्री हस्तान्तरण

बाजुरा — निजामती कर्मचारी युनियन संघ बाजुराद्वारा बाढीपिडितहरूका लागि राहत सामाग्री हस्तान्तरण गरेकाे छ ।  गत साउन २५ गते राती परेको वर्षाका कारण आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित परिवारहरूलाई राहत वितरणका लागि नेपाल निजामती कर्मचारी युनियन संघ  बाजुराद्वारा राहत साम्रगी बितरण गरिएकाे ।

निजामती कर्मचारी युनियन संघ बाजुराद्वारा बाढीपिडितहरूका लागि राहत सामाग्रीमा  ३० के.जी.का २१ कट्टा चामल, १ पेटी खानेतेल, २० के.जी. नुन र १० के.जी. दाल सहितको खाद्यान्न सामाग्रीहरू हस्तान्तरण गरेको निजामती कर्मचारी युनियन संघ बाजुराका  उपाअध्यक्ष मनीराम खत्रीले बताएका छन ।

  बाढीपिडितहरूका लागि राहत सामाग्री सम्बन्धीत ठाउँमै पुगरे हस्तान्तरण गरिएकाे उपाअध्यक्ष खत्रीले बताए । साे राहत सामाग्रीहरू नेपाली काँग्रेस बाजुरा जिल्ला सभापति कविराज पण्डितले पिडितहरूको घाउमा मलम लगाई दु:खमा साथ दिन एक कार्यक्रमका विच उक्त राहत सामाग्री हस्तान्तरण गरिएको खत्रीले बताए ।

सो राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावल, ने.वि.संघ बाजुराका कार्यबाहक अध्यक्ष जनक थापा, कर्मचारी युनियन संघ बाजुराका पूर्व अध्यक्ष एवं महाधिवेशन प्रतिनिधी रामचन्द्र यादव, सल्लाहकार समिति सदस्य प्रकाश भट्ट, जिल्ला कार्य समिति उपाध्यक्ष मनिराम खत्री, सचिव गौरीकान्त सन्ज्याल लगायत कर्मचारी एवं राजनीतिक नेतागणको उपस्थितिमा राहत सामाग्री हस्तान्तरण गरिएको छ।

बडिमालिका नगरपालिका ९  नाै चाैराटी खेतका बाढिपिडीतहरूलाइ साे साम्रगी हस्तान्तरण गरिएकाे उपाअध्यक्ष खत्रीले बताएका छन । बाढि पहिराेबाट क्षेती ब्यहाेरेका र कुनै ठाउँबाट राहत साम्रगी नपाएका केही परिवारहरूलाइ राहत साम्रगी बितरण गरिएकाे उपाअध्यक्ष खत्रीले बताएका छन ।

राहत सामाग्री बुझ्नु हुँदै बाढी र पहिरोका कारण मानवीय, भौतिक सम्पत्ती, खेतीयोग्य जमिन तथा खेती बाली समेत बगाई लिएकोले यस दु:खद परिस्थितिमा दैनिक जिवीकोपार्जनको समस्या झेलिरहेका परिवारलाई राहत सामाग्री वितरण गर्ने प्रतिवद्धता सहित मानव कल्याणकारी कार्यमा सहयोग गरेकोमा सभापति पण्डितले निजामती कर्मचारी युनियन संघ बाजुरा परिवारलाई धन्यवाद दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार