बाजुरा — बाजुराका महिला पत्रकारहरुले आफ्नो तिज खर्च बचाएर एकल महिलालाई सहयोग गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको सहयोगमा शुक्रबार हरितालिका तिजका दिन आफुहरुले दर खाने खर्च कटाएर वडिमालिका नगरपालिकाका ४ जना एकल महिलालाई खाद्यान्न सहयोग गरेका हुन् ।
वडिमालिका नगरपालिका वडा नं २ की सारदा खत्री, वडा नं ७ की सुन्धरा धामी, र वडा नं ९ की तुला चँदारा र सिता नेपालीलाइ नेपाल पत्रकार महासघं महिला समुहले प्रत्यक ब्यक्तीलाइ ३० केजी चामल, २ पोका तेल, १ पोका नुन वितरण गरेका हुन् ।