• होमपेज
  • समाज
  • वादी समुदायको मुक्तिका लागि सुन्दासको संघर्ष

वादी समुदायको मुक्तिका लागि सुन्दासको संघर्ष

  • शुक्रबार, भदौ ५, २०७७
वादी समुदायको मुक्तिका लागि सुन्दासको संघर्ष

सीमा त्रिताल — ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा……..’

नारायण गोपालकोे स्वरमा रहेको यो गीत बेलाबेला उनको मुखबाट गुन्जिरहन्छ। यो गीतसँग उनको विगत र वर्तमान जोडिएको छ। यो गीत नारायण गोपालले मेरै लागि गाइदिएका रहेछन् भन्ने भ्रम हुने गर्छ उनलाई।

दयनीय बाल्यकाल

सुन्दरीजल वडा नं ५ स्थित गरीब परिवारमा जन्मिएका थिए राजु सुन्दास। उनले आफ्नो बाल्यकाल त्यही व्यतीत गरे। बिहान बेलुकी मागेर गुजरा चलाउन उनका आमाबाबु छोराको पालनपोषणको लागि चिन्तित र नियतिप्रति दुःखी हुने गर्थे।

उनले बालसुधार स्कुलमा प्रारम्भिक शिक्षा हासिल गरे। खाई नखाई दुःख कष्ट गरेर सुन्दासलाई १ देखि ३ कक्षासम्म गोकर्णस्थित गोकर्णेश्वर बोर्डिङ स्कुलमा बाबुआमाले भर्ना गरिदिएका थिए।

स्कुल जाने आउने क्रममा आफूलाई मन लागेका खानेकुरा खान पैसा हुँदैन थियो। उनी भन्छन्, ‘बाटोमा खाएर फालेको तितौराको टुक्रा चाटेर खान्थे। चक्लेटको बाहिरको प्लाष्टिक चुसेर चक्लेटको मज्जा लिन्थे।’

नुहाएर फेर्ने कपडा नहुँदा वाग्मती खोलामा कम्मरसम्म डुबेर आफ्नो कपडा सुकेपछि लगाएको दुःखद घटना सुन्दासको स्मृतिमा अझै ताजा छ।

अरुको जग्गा कमाएर खानु पर्ने अवस्थामा थियो, सुन्दासको परिवार। त्यसैले गर्दा पढाउन सक्ने स्थिति नाजुक बन्दै गएको थियो। पढ्न नपाएर भौतारिँदै हिँडेका सुन्दास मेरी कार्थकको शरणमा पुगे। मेरी कार्थक ज्ञानेश्वरमा बस्दै आएकी थिइन्।

मेरी कार्थकलाई गुरुआमा भनी सम्बोधन गर्छन् राजु। जाडोमा बाक्लो र गर्मीमा पातलो कपडा लगाइदिने गुरुआमालाई निकै नै आदर गर्छन्। जीवन जिउन हौसला प्रदान गरिदिने गुरुआमाबाट प्रभावित छन् उनी।

IMG_6237.JPG
Caption: undefined

केही त बन्छु म !

केही त पक्कै हुन्छु !

म पनि गुरुआमा जस्तै अरुलाई सहयोग गर्छु भन्ने अठोट बाल्यकालदेखि बोकेका थिए, सुन्दासले। समय बित्दै गयो, उनले सहयोगी स्कुलबाट एसएलसी दिए। पिँजडाभित्रको चरी स्वतन्त्र भएझै फलामको गेटबाट मुक्त भएका थिए उनी। बाल्यकालदेखि पीडामा बाँच्दै आएका सुन्दास गाँउघर घुम्ने, मानिसहरूको सुखदुःख बुझ्ने, दुःखपीडा साटासाट गर्न खुब रुचि राख्ने गर्थे। एसएलसी दिए लगतै उनका इच्छा, चाहनाहरू पूरा गर्न सुवर्ण अवसर प्राप्त भयो। गैर सरकारी संस्थाले उनलाई प्रायोजन ग¥यो।

तीन महिनाको लामो घुमाईपछि आफ्नो सामान्य दैनिकीमा फर्किए उनी । फर्किए लगत्तै प्लस टु पढ्न पशुपति क्याम्पसमा भर्ना गरे।

संघर्षका पाइला

उनले सानो उमेरदेखि नै परिश्रम गदै आएका थिए। सानैदेखि आफना सपना पूरा गर्ने अघि बढेका सुन्दास अरुलाई कसरी सहयोग गर्ने भन्ने कुराले बेलाबेला झस्काई रहने गरेको बताउँछन्।

उनी भन्छन्, “सपना देख्नलाई सुत्नुपर्छ र सपना पूरा गर्नलाई उठनु पर्छ।”

त्यसकारण आफ्नो सपना पूरा गर्न स–साना कामहरू गर्न थालेका थिए। जस्तैः अफिसमा पोछा लगाउने, भाडा माझ्ने, लुगा धुने इत्यादि। दिइएका कामहरू विश्वास र लगनशीलताका साथ गर्ने गर्थे उनी।

धादिङको लार्पाक, बार्पाक, सेर्तुन जस्ता विकट गाँउमा आफ्नो गुजरा टार्नलाई चामल बोकेर हिँडने गर्थे। ती ठाउँहरूमा पुग्न तीन दिन लाग्ने गथ्र्यो। नाम्लोको डाम टाउकोमा ७ दिनसम्म रहने गरेको सुनाउँदा आँखाभरि टिलपिल आँसु पार्दै विगतको कुरा सुनाउँछन्। आफ्नो लक्ष्य पूरा गर्न जस्ता पनि काम गरेका थिए।

उमेरसँगै रहरका पालुवा लाग्न सुरु गरिसकेको थियो । उनलाई विदेश गएर पढने इच्छा बढदै गयो। विभिन्न देशमा मास्टर्स पढ्नलाई आवेदन दिइरहन्थे। संयोगवश केही महिनापछि फिलिपिन्सको मनिला विश्वविद्यालयमा उनको नाम निस्कियो। सन् २००० सालमा उनलाई फिलिपिन्समा गएर पढ्ने सुर्वण अवसर प्राप्त भएको थियो। आफ्ना सपनाको पोको पारी दुईवटा नानी र श्रीमतीसहित फिलिपिन्स गएका थिए सुन्दास।

कम्प्युटर र अंगे्रजी कहिल्यै नजानेका सुन्दास विदेशमा फलामको चिउरा चपाउन गाह्रो भए झै भयो।

परिवारको जिम्मेवारी र सपना पूरा गर्न अध्ययनका कारण धौधौ पर्न थाल्यो। परदेशमा उनले अनेकौँ दुःखकष्ट भोगे। बिस्तारै अंग्रेजी जानेका साथीहरूसँग जोडिँदै सिक्न थाले। कहिले उनीहरूको कपडा धोई दिएर र कहिले आइरन गर्र्र्दिएर कम्प्युटर र अंगे्रजी सिकेको भावुक हुँदै ती दिनहरू सुनाउँछन्।

DEVISARA Badi, America.jpg
Caption: undefined

तीन वर्षको कठोर परिश्रमपछि उनलाई प्राणघातक रोग क्यान्सर लाग्यो।  उनी भन्छन, “जीवनको सबैभन्दा कालो दिन थियो त्यो।” छात्रवृतिमा पढ्दै आएका उनी बिरामले च्याप्दा पढ्न नपाउने स्थिति आएको थियो। दुई जीउ भएकी श्रीमतीलाई आफू मरे पनि सपना पूरा गर्न आग्रह गरेको सम्झिदै आँखाभरि आँसु टिलपिल पार्छन।

उनी थप्छन्, ‘मर्ने बेलाको अन्तिम घडीमा पुकार्ने ईश्वर नै हुन्छ।’ जस्तोसुकै नास्तिकले पनि जीवनको अन्तिम क्षणमा ईश्वर नै खोज्दो रहेछ भन्ने कुरा गर्छन्। यदि, दोस्रो जीवन जिउने अवसर पाए भने बाँकी जीवन पढ्न नसकेका, अपमानित भएका व्यक्तिलाई अर्पण गर्ने ईश्वरसँग बाचा गरेको आफ्नो विगतका सम्झिन्छन् उनी।

राजुको दीक्षान्त समारोह नजिकिँदै थियो। खुकुरीको धारमा अडिएको थियो, उनको जीवन। विरामले पढ्न नपाई परीक्षा दिएका सुन्दासको नपत्याउँदो नतिजा आयो। मृत्युको मुखमा भएका उनी चरित्रमा असल, पढाईमा अब्बल र नेतृत्वमा असल साउथ एसियाको पहिलो ‘एकजुइकेटिभ अवार्ड’ पाएका थिए।

उनी भन्छन, “Broken english can change the broken hearted people. ठुटे अंग्रेजीले सबैको दिलमा पस्न सफल भए।” त्यस पश्चात उनले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा विश्वविद्यालयमा जानकारी गराए। कुरा गरेको केही दिनमै सेन्ट लुक्स अस्पतालमा भर्ना भए। क्यान्सर विशेषज्ञ डा. लुई लिदोद्वारा राजुको घाँटीको शल्यक्रिया सफल भएको थियो। उनी भन्छन्, “गरीब र शोषित पीडितहरुमा आँसु ईश्वरले पुछ्न सक्छन् ।”

बाँकी जीवन अरुका लागि सुम्पिने अठोट राखेका राजु स्वास्थ्य अवस्थामा सुधार भएपछि परिवारलाई लिएर नेपाल फर्किए।  नेपाल फर्केर राजुले देशको सबैभन्दा शोषित पीडित मानिसहरू कहाँ छन् भन्ने खोज अनुसन्धानतिर लागे। २१ औँ शताब्दीमा आएर पनि आफ्नो छोराछोरीलाई बिक्री वितरण गर्ने बाध्यात्मक यौन शोषणमा जीवन अर्पण गर्ने जाति वादी समुदाय भेटाए।

३ वर्षको लामो खोज पश्चात उनी झुपरा खोलामा जाने निर्णय गरे। त्यसलगत्तै उनी केही दिनमै सुर्खेतको झुपरा खोला पुगे। त्यो गाँउमा पहिलो पटक जाँदा त्यहाँका मानिसले उनलाई समेत ग्राहक सोचेको दुःखको कुरा सुनाउँछन्। त्यहाँको समुदायले गरेको व्यवहार देख्दा छुट्टै अनुभूत भएको अनुभव उनको छ। त्यो गाँउमा राजुको देवीसारा वादीसँग पहिलो चिनजान भएको थियो। गाँउका मानिसलाई ईश्वरले साथ दिए भने बाध्यत्मक यौन शोषणको दलदलबाट निकाल्ने बाचा गरेका थिए। दुर्भाग्यवश, गाँउले उनको कुरा कसैले पत्याएनन्।

किनकी त्यहाँ जाने हरेक अभियन्ताले त्यस्तै कुरा गर्ने गरेका थिए।  आफ्नो लक्ष्यदेखि नहट्ने उनी विश्वास जताउन २ वर्षसम्म गाँउ घुम्न थाले। त्यहाँ रहँदा उनले परिचय गर्ने, कहिले खेलकूदका सामाग्री लगिदिने त कहिले कपडाहरू लगिदिने गर्न थाले। २ वर्षपछि वादी समुदायको मन जित्न सफल भएको सुन्दास हर्षित हुँदै बताउँछन्।

013.jpgCaption: undefined

सिंगापुरमा बस्ने हितैषी साथी हेकेन ग्रेविसन्लाई वादी समुदायको बारेमा केही कदम चाल्न प्रस्ताव राखेका थिए। क्यान्सरबाट बाँचेको साथी समाजका लागि केही गर्न लाग्छु भन्दा साथ दिन तयार रहेको बताए। केही समयपछि दुवै जना वादी समुदायको अवलोकन गर्न सुर्खेत गएका थिए। उनीहरूले देवीसरा वादीसहित ३२ जना बालबालिकालाई काठमाडौँ ल्याएर पालनपोषण र शिक्षा दिने निर्णय गरे। २०६७ सालमा काठमाडौँ ल्याएका थिए। त्यो दिनदेखि अहिलेसम्म लगनशील भएर वादी समुदायको हकहितको लागि निरन्तर लागि रहेको राजु बताउँछन्।

rastrapati visit.jpgCaption: undefined

देवीसरा वादी झुपरा खोलाकै पहिलो क्याम्पस पढ्ने चेली बनेकी छन्। वादी समुदायको पहिलो चेली जो अमेरिका, जापानलगायत विभिन्न विदेश घुम्न सफल भइन्।

012.jpgCaption: undefined

त्यसपश्चात उनले फेरि ६ सय ८० जना बालबालिकालाई ल्याएर पालनपोषण गरेको बताउँछन्। उनीहरूको डाक्टरी पढ्ने, फार्मेसी पढ्ने, नर्स पढ्ने इच्छा आकांक्षालाई पूरा गर्न पाएकोमा खुसी भएको देखिन्छन्।

014.jpgCaption: undefined

वादी समुदायका बालबालिकालाई लक्षित गरेर उनले काठमाडौँको मुलपानीमा सिसीएस नामक स्कुल खोलेका छन्। वादी समुदायकै लागि भनेर सुर्खेको त्यो वादी बस्तीमा ‘होप एकेडेमी स्कुल’ सुरु गरेका छन्। विशुद्ध वादी समुदायको आर्थिक विकासको लागि वादी इन्टरप्राइजेज र वादी फाइनान्स पनि सुरु गरेका छन्। अहिले पछिल्लो चरणमा वादी बहुल्य बस्तीबस्ती गई शिक्षाका पूर्वाधारका साथै बसोबासको लागि नमुना घर बनाउने कामसमेत सुरु गरेको बताउँछन्।

कैलालीको बल्चौरमा नेपाल सरकार र उनको संस्था मिलेर ९ करोडको वादी समुदायलाई नमुना घर निर्माण गरेको बताउँछन्। महिनाको ६० लाख खर्च गरेर ६ सय ८० जना बालबच्चाको हेरचाह गरेको छन्।

नेपालमा आफूले निर्माण गरेको संस्थामा जीवनको अन्तिमसम्म नै अध्यक्ष भएर बस्ने प्रवृत्ति छ तर मेलै आफूले नै स्थापना गरेको संस्था आफूले नै हुर्काएको व्यक्तिलाई सुम्पिने बताउँछन्। सानो सोचले ठूलो काम गर्न सकिन्छ। गरीब छु, रोग लागेको छ, केही छैन भनेर धिक्कार मान्न नहुने र चिन्ता नगर्न आग्रह समेत उनको छ।

उनी भन्छन, ‘सपना देख्नु पर्छ, लाइनमा बस्ने मानिसको पालो आउँछ, तर लाइन चै बस्नु पर्छ।’ मानिसहरू तुरुन्तै खाने, लगाउने, हिँड्न,े तुरुन्तै परिवर्तन ल्याउने कुराले प्रगति नहुने सुझाव दिन्छन्। एकै रातमा आएको बाढीले सखाप पार्दछ भन्ने उदाहरण दिन्छन् सुन्दास।

समाजमा रूपान्तरण ल्याउछु भनेर लागेका मानिसहरूलाई हतोत्साहित नहुन, निराश नहुन आग्रह गर्छन्। उनी विगत सम्झदै भन्दछन्, “म जस्तो गरीब, कवाडी र अरुले फ्यालेको चिज खाने गरीब घरनाको मान्छे, आज अरुलाई सहयोग गर्न पाउँदा निकै खुसी छु।”

उनी थप्छन्, “अहिले वादी समुदायलाई लिएर दुरुपयोग गरिरहेको छन्।” समुदायलाई भर्याङ बनाएर होइन, आफू भर्याङ भएर उनीहरूलाई माथि उठाउन तत्पर रहन सल्लाह दिन्छन्।

कुनै अवार्डहरू नचाहने वादी समुदाय या अन्य कुनै समुदायलाई झ्याङ जस्तो बनाएर अगाडि नबढ्ने सुन्दास आफ्ना विचार प्रष्ट राख्छन्। १३ वर्षअगाडि भेट भएकी देवीसरा वादी मन्त्री बन्छिन्, भने या अन्य बालबच्चा डाक्टर, इन्जिनियर बन्छन् भने त्यही अवार्ड आफ्नो लागि रहेको बताउँछन्।

उनी भन्छन्, ‘एउटा महिलाले ५ जना श्रीमान्बाट ५ वटा बच्चा जन्माए, उनीहरुलाई शिक्षादिक्षा दिन पाउनु मेरा लागि ठूलो अवार्ड बनेको छ।’

“इज्जत प्रतिष्ठा कमाउन समाज सेवा गरेको होइन। तर, समाज सेवा गर्न सजिलो छैन,” उनी भन्छन, ‘मान्छेले प्रशंसा गर्दा चितवनको मुजुर जस्तो हुने र दोष लगाउँदा असनको गल्लीमा पानीले भिजेको कुकुर हुने जस्ता प्रकृतिका मानिसले समाजसेवा गर्न सक्दैनन्।’

भावी योजना

IMG_2671.JPGCaption: undefined

आगामी दिनमा गाँउ गएर वादी आमाहरूलाई सीपमुलक तालिम दिने योजना छ, सुन्दासको। वादी समुदायमा नमुना बस्ती, सीपमूलक शिक्षा, उत्पादनमुलक कार्यमा सहभागिता गराई शसक्तिकरण गर्ने मुख्य उद्देश्य रहेको उनी बताउँछन्।

मुख्य रुपमा वादी समुदायका मानिसलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउने उनको सपना छ। त्यसका लागि रुखको फल होइन, जरामा ध्यान दिनु पर्ने उनको अठोट छ।

FUTURE PLAN OF LHFN (1).jpg

चर्चामा

सम्बन्धित समाचार