• होमपेज
  • लुम्बिनी प्रदेश
  • चितवनमा थप २६ जनामा कोरोना संक्रमण

चितवनमा थप २६ जनामा कोरोना संक्रमण

  • शुक्रबार, भदौ ५, २०७७
चितवनमा थप २६ जनामा कोरोना संक्रमण

चितवनका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका २२ र अन्य जिल्लाका ४ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका अनुसार तीमध्ये भरतपुर महानगरमा मात्रै १९ जना संक्रमित भएका छन् भने राप्ती नगरपालिकाका ३ जना रहेका छन् ।

बिहीबार नै भएको परीक्षणमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  परीक्षण गरिएका ३०६ मध्ये २८० जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोशालाका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

चर्चामा

सम्बन्धित समाचार