शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • आधा सुदूरपश्चिम ठप्प

आधा सुदूरपश्चिम ठप्प

  • शुक्रबार, भदौ ५, २०७७
आधा सुदूरपश्चिम ठप्प

कोरोना भाईरसको संक्रमण रोक्न सुदूरपश्चिमका जिल्ला प्रशासन कार्यालय र स्थानीय तह धमाधम आदेश जारी गर्न थालेका छन्। विभिन्न जिल्लाका प्रशासनले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी निषेधको आदेश जारी गरेका छन्।

कैलालीमा बिहिवार मध्यरातिदेखि निधेषज्ञा नै जारी भएको छ। १४ गतेसम्म जारी हुने निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उता कञ्चनपुरमा  पनि बिहिवार राति १२ बजेदेखि १४ गतेसम्मका लागि आशिंक निषेधाज्ञा जारी भएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको बताए।

उनका अनुसार १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन्।

डडेल्धुरामा पनि आंशिक निषेधाज्ञा जारी भएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।

बजार क्षेत्रमा रहेको मानिसहरूको चहलपहल र भीडभाडलाई कम गर्न जिल्लामा संचातिल हुने मोटरसाइकलहरूमा जोर–बिजोर प्रणाली लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए।

जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुका किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने छ।

उता बैतडी सदरमुकाममा पनि बिहिवारदेखि निषेधाज्ञा जारी गरिएको छ। दशरथचन्द नगरपालिकाले भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए।

औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइनेछ। यस्तै नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीनदिन मात्रै खुल्ला राखिनेछ।

स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा कसैले कुनै काम गर्न लाग्दा वा कही केही वस्तु रहँदा वा कसैले राख्दा हुलदङ्गा भई शान्ति सुरक्षा भङ्ग हुने वा कसैलाई वाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्नसक्ने अधिकार दिएको छ।

सोही अधिकारको प्रयोग गर्दै जिल्लाहरुमा निषेधाज्ञा जारी हुन थालेको हो। यस्तै सुदूरपश्चिमका नौँ वटै जिल्ला प्रशासन कार्यालयहरुले सामुहिक रुपमा गौरा तथा तिज मनाउन रोक लगाएका छन्।

सामुहिक रुपमा गौरा तथा तिज मनाउदा कोरोना संक्रमण फैलिने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै चाड पर्व मनाउन स्थानीय प्रशासनहरुले आग्रह गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार