बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा ८ को वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै तालाबन्दि

बुढिगंगा ८ को वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै तालाबन्दि

  • बिहिबार, भदौ ४, २०७७
बुढिगंगा ८ को वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै तालाबन्दि

बाजुरा — बुढिगंगा नगरपालिका वडा नम्बर ८ को वडा कार्यलयमा तालाबन्दि भएको छ । वडामा गत आर्थिक बर्षको चार महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै तालाबन्दि गरेको स्थानिय सेत रावलले वताएका छन् ।
वडामा रहेका बयबृद्धले भत्ता नपाएको र अहिले सम्म पनि सरकार बेखबर भएको भन्दै तालाबन्दि गरेको डिल्ली सिं बानियाले वताएका छन् । गत आर्थिक बर्षको चैत देखी असार सम्मको सामाजिक सुरक्षा भत्ता नपाएको उनले वताएका छन् । वडामा पटक पटक बुझ्दा नगरपालिका नै बेखबर भएपछि तालाबन्दि गरेको बानियाले वताएका छन् ।
वडा अध्यक्ष टेक बहादुर रावलले आफु वडा कार्यलय नरहेको तालाबन्दि गरेको जानकारी नपाएको वताएका छन् । वडा कार्यलयका कार्यलय सहयोगिलाई बुझ्दा तालाबन्दि गरेको वताएका छन् । बुढीगंगा नगरपालिकाकी निमित्त कार्यालय प्रमुख कल्पना ढुंगानाले तालाबन्दि गरेको जानकारी नआएको बुझेर खबर गर्ने वताएकि छन् ।
बुढीगंगा नगरपालिकाले आर्थिक बर्ष ०७६÷०७७ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएको पाइएको छ । नगरपालिकाका वडा नम्बर १ देखी ५ सम्म बितरण गरिएको भए पनि ६ देखी १० वडासम्मको सामाजिक सुरक्षा भत्ता बितरण नगरेको नगरपालिकाले वताएको छ ।
लेखा अधिकृत्त तिलक थापाले पन्जीकरण बिभागको सामाजिक सुरक्षा महाशाखालाई पटक पटक रकम अपुगको बारेमा टेलिफोन र पत्राचार गरेको तर अर्थमन्त्रालयले रकम ढीलो गरि असार ३१ गते राति पठाएको र दोस्रो दिन रकम फिर्ता गएकोले सामाजिक सुरक्षा पत्ता नपाएको बताए । एक नम्बरबाट बितरण गर्दै आएको समाजिक सुरक्षा भत्ता पाच नम्बरसम्म मात्र पुगेको र बाकी वडाहरुमा अपुग भएको लेखा अधिकृत्त थापाले बताए ।
नगरपालिकाका लेखापाल पूर्ण जैशीले अपुग रकम ढिलो गरि माग गरेकोले समस्या भएको बताए । बर्षमा दुई पटक रकम अध्याबधि गर्नु पर्ने हुन्छ पहिलो श्राबण महिनामा र दोस्रो माघ महिनामा जेठमा आएर रकम माग गरेको र असार अन्तिम दिन आएकोले प्रक्रियागत रुममा समस्या भएको जैशीले बताए । वडा नम्बर ६ देखी १० नम्बर वडाको करिव १ करोड १८ लाख भन्दा बढी रकम अपुग भएको बताएको छ ।
नेपाल सरकारले जेष्ठ नागरिकलाई ४ हजार, बालबालिकाको पोषण भत्ता बाफत ४ सय, असायलाई २ हजार, पूर्ण अपाङ्गलाई २ हजार, आँसिक अपाङ्गलाई १ हजार, २ सय र एकल महिलालाई २ हजार मासिक दिदै आएको छ । बुढिगंगा नगरपालिका ८ का खम्म रावलले भने सामाजिक सुरक्षा भत्ताले जिविकोपार्जन गर्न सहज हुने गरेको थियो, भत्ता नपाउदा समस्या भएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार