शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली काँग्रेश नगर कार्यसमितिद्धारा बाढी पहिरो पीडितलाई राहात

नेपाली काँग्रेश नगर कार्यसमितिद्धारा बाढी पहिरो पीडितलाई राहात

  • बुधबार, भदौ ३, २०७७
नेपाली काँग्रेश नगर कार्यसमितिद्धारा बाढी पहिरो पीडितलाई राहात

बाजुरा– नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिद्धरा बडीमालिका नगरपालिकाका बाढी पहिरो पिडितलाई राहत सहयोग गरेको छ ।
मंगलबार कार्यसमितिले बडीमालिका नगरपालिका–२ को भौन्यारा, वडा नंम्बर ६ जडाँगा र वडा नम्बर ८ को रापकका बाढी पहिरो पिडितलाई राहत सहयोग गरिएको नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमिति कार्यवहाक सभापति धनलाल पाध्यायले जानकारी दिएका छन् ।
साउन २५ गते राति आएको अविरल वर्षासंगैको बाढी र पहिरोमा परि विस्थापित भएका २४ परिवारलाई प्रति परिवार एक कट्टा चामल र तेल गरि ३६ कट्टा चामल र ३६ पोका तेल सहयोग गरिएको नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष जनक थापाले बताएका छन् ।


राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिका कार्यवाहक सभापति धनलाल पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित रहेका थिए भने अन्य जिल्ला कार्यसमिति सदस्य देवबहादुर रोकाया, संगठन विभाग प्रमुख धनराज पण्डित, जिल्ला कार्यसमिति सदस्य तथा बडिमालिका नगरपालिकाकी उप मेयर कविता बिष्ट, वडा नंम्बर ८ का वडा अध्यक्ष प्रकाश रावल, महिला संघ बाजुराकी अध्यक्ष अमृता सिंह, नेविसंघ अध्यक्ष जनक थापा, युवा नेता गोपाल कार्की, लगायतका नेताहरुको सहभागिता रहेको कार्यक्रमको संचालन नेविसंघका नेता जनक थापाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार