• होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेशका सामाजिक विकाश मन्त्री सहितकोे टोली हुम्लाको ताँजाकोटमा

कर्णाली प्रदेशका सामाजिक विकाश मन्त्री सहितकोे टोली हुम्लाको ताँजाकोटमा

  • मङ्लबार, भदौ २, २०७७
कर्णाली प्रदेशका सामाजिक विकाश मन्त्री सहितकोे टोली हुम्लाको ताँजाकोटमा

जीवन कैला —  भदौं कर्णाली प्रदेशका समाजिक विकाश मन्त्रि दल रावल लगायतको टोलि आज हुम्लामा आईपुगेको छ । वाढि पहिरो पडितलाई राहात सामाग्रि वितरण गर्न सामाजिक विकाश मन्त्रि रावल, अर्थमन्त्रि पकाश ज्वाला, प्रदेश योजना आयोगका सदश्य दिपेन्द्र रोकाया, लगायतको टोलि राहात सामाग्रि वोकेर आज हुम्ला प्रस्थान गरेको ताजाँकोट गाँउपालिकाका अध्यक्ष बाग्दल मल्लले बताएका छन ।

टोलिले हुम्लाको ताजाँकोट गाँउपालिकाका छाप्रागाँउ, रानागाँउ, मैला, जिगाना, काडाँगाँउ र गल्लावाडा लगायतका वाढि पडितहरुलाई खाद्यन्न, त्रिपाल, कम्वल र लत्ताकपडा लगायतका राहात सामाग्रि वितरण गरेको हो । लगातारको वर्षा संगैको वाढि पहिरो बाट प्रभावित भएका सो स्थानका नागरीकको उद्धारमा टोलि आज हुम्ला आईपुगेको बताईएको छ ।

आज वाढि पिडित स्थानियलाई राहात सामाग्रि वितरण गर्दै सामाजिक विकाश मन्त्रि रावलले सो क्षेत्रमा असुरक्षित रहेका नागरीकको तत्काल ब्यवस्थापन गर्ने बताउनुभएको छ । तत्काल सुरक्षित ठाँउमा एकिकृत वस्तिको ब्यवस्थापन गरीदिन वाढि पिहिरो पडितले दिएको ज्ञापन पत्र वुझ्दै मन्त्रि रावलले कर्णाली प्रदेश सरकार बाट हुने सवै खाले सहयोग गर्न आफु प्रतिवद्ध रहेको स्पष्ट पारेका छन ।

उहाँले सो स्थानमा वाढिले क्षेति पुर्याएको विद्यालय, सडक, खानेपानी लगायत भौतिक संरचना पुन निमार्ण र वस्ति विस्तारका लागि प्रदेश सरकार र सघिय सरकारलाई आह्वान गर्ने पनि बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार