शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा पुगेर भने जनताकाे साथमा हामी छाै : गृहमन्त्री थापा (भिडीयाे सहित)

बाजुरा पुगेर भने जनताकाे साथमा हामी छाै : गृहमन्त्री थापा (भिडीयाे सहित)

  • मङ्लबार, भदौ २, २०७७
बाजुरा पुगेर भने जनताकाे साथमा हामी छाै : गृहमन्त्री थापा (भिडीयाे सहित)

बाजुरा  — बाजुरा जिल्लामा बाढीपडितको अनुगमन गर्नका लागि गृह मन्त्रि रामबहादुर थापा सहितको टोलि मंगलवार बाजुरा पुगेको छ । गृहमन्त्रि थापा सँगै नेकपा शुदुर पश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, प्रतिनिधि सभाका सदस्य सांसद लालबहादुर थापा, शुदुरपश्चि प्रदेश सरकारका आन्तरीक मामिला मन्त्रि प्रकाश शाह लगायतको टोलीबाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।

नेपाली सेनोको हेलिकप्टरमाबाजुरा पुगेका गृहमन्त्रि थापा गौमुल गाउँपालिकाको सिममा पुगेर बाढि र पहिरो पिडितहरूलाइ राहत साम्रगी बितरण गरेको छ । राहत बितरण गर्दै थापाले भने जनताको साथमा आफु रहेको तपाइहरुको पिडामा मलम लाउने काम जहिले गर्ने थापाले वताएका छन् । साथै चाडै पुणर् बिस्थापित परिवारलाई पुर्नस्थापनागर्ने जनता माझ बताएका थिए ।

गृहमन्त्रिको टोलिले बाजुराको गौमुल गाँउपालिकाको सिम, बडिमालिका नगरपालिका ४ घागर, बुढिगंगा नगरपालिकाको ताप्रिसेरा र साँफे मार्तडी सडक खण्डको अनुगमन गरेका छन् । साउन २५ गते राति बुढीगंगा नदिमाआएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुलगाउपालिका र बुढीगंगा नगरपालिकाकानदिछेउकाबासिन्दाका घरहरु बगाएर बिस्थापीत भएका थिए ।

अबिरल बर्षासँगै बुढिगंगा नदिमाआएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिजबगाएको छ । बेलीबिज्र बगाए सँगै सदरमुकाम मार्तडी सम्मको सडक यातायात सम्र्पक टुटेको छ । बुढिगंगा नदिमाआएको बाढिले नदिमा रहेका ५ वटा झुलङ्गे पुलबगाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । गौमुलगाँउपालिका ३ वटा र २ वटा बडिमालिका नगरपालिकामा रहेका झुलङ्गे पुल बगाएको थियो ।

बुढीगंगा नदिमा आएको बाढिले घागर, भौनेरा, रापकलगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षेतीभएको छ । दर्जनौ घर समेत बगाएको छ । बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डपनी क्षेदबिक्षेद भएको छ । सोे सडकको ६२ ठाउँमा पहिरो गएका छन । सडक खण्डमा रहेकादुईवटा पुलबगाइसकेको छ । ताप्रिसेरामा रहेको पक्किपुल २ हप्ता पहिला बगाएको थियो भने बेलि ब्रिजसाउन २५ गते बगाएको थियो ।
गृहमन्त्रि थापाले साँफे मार्तडी सडक सञ्चालन गर्नका लागि चाडै निर्देशन दिने वताएका छन् । बाढीपिडित बिस्थापित परिवारलाई पुर्नस्थापनाकालागि पहल गर्ने वताएका छन् । बाढीपिडित क्षेत्रको अनुगमन गरेर उनको टोली मंगलवार नै सुर्खेत फिर्ता भएको छ ।

चर्चामा

सम्बन्धित समाचार