शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेशमा ४६ हजार बढिको कोरोना परीक्षण

सुदूरपश्चिम प्रदेशमा ४६ हजार बढिको कोरोना परीक्षण

  • मङ्लबार, भदौ २, २०७७
सुदूरपश्चिम प्रदेशमा ४६ हजार बढिको कोरोना परीक्षण

सुदूरपश्चिम प्रदेशमा ४६ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ४६ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत २३ हजार ८ सय ९८, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार दुई सय ६७ र डडेल्धुरा प्रयोगशाला मार्फत ६ हजार १५ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ४९ हजार सात सय तीन जनाको स्वाब संकलन गरिएकोमा तीन हजार तीन सय ३९ जनाको रिर्पोट आउन बाँकी छ। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार २७ पुगेको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १४, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार दुई सय बढि डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार