बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कहिलेकाहिँ यस्तै कुरा सम्झिन पर्छ(गजल)

कहिलेकाहिँ यस्तै कुरा सम्झिन पर्छ(गजल)

  • मङ्लबार, भदौ २, २०७७
कहिलेकाहिँ यस्तै कुरा सम्झिन पर्छ(गजल)

यस्तै हो कहिलेकाहिँ यस्तै कुरा सम्झिन पर्छ
जन्मदापनि मर्दापनी अरुलाई दुख दिन पर्छ

लाग्छ समय पत्थर हो अनि जिन्दगी सिसा
जहाँ ठोकिँदा ठोकिँदै जिन्दगिले सकिन पर्छ

धारिलो हतियार रहेछ यार तिम्रो प्रेम पनि
जसबाट मैले प्रत्येक पलपलमा रेटीन पर्छ

सोध्ने गर्छन् “तँ कसरी आफुलाई शब्दमा पोख्छस् ”
भन्ने गरेको छु,पोखिनको लागि पहिले भरिन पर्छ

भन्ने बित्तिकै लिन आउन,को हो र मृत्यु तपाईंको?
उसको लिन आउने आफ्नै समय हुन्छ,पर्खिन पर्छ!

@आक्रोशित नितेश

चर्चामा

सम्बन्धित समाचार