शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • आइतवार, साउन ३२, २०७७
जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

बाजुरा– नेपाल कम्यूनिष्ट पाटी नेकपा बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा माफर्त प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लगातारको बर्षाका कारण बाजुरा जिल्लामा २०७२ सालमा आएको विनासकारी महाभूकम्पको स्मरण गराउने गरी २०१८ साल पछि करिब ५९ वर्षको अन्तरालमा पछि ०७७ असार २९ गते देखि श्रावण २६ गतेसम्म आएको लगातरको वर्षाका कारण बाजुरा जिल्लाका अधिकांस मानव वस्ती र जग्गा जमिनमा अतुलनिय क्षेति भएको छ ।
लगातारको बर्षाकार कारण असार देखि साउन २५ र २६ गते बुढिगंगा नदिमा आएको बाढीले नदिको आसपासका वस्ती, घर, जग्गा ÷जमीन, बालीनाली, पशुपंिछ, चौपया, उद्योग कलकारखानामा, ठुलो क्षेति पुगेको छ । असार देखी साउन महिना सम्म गौमूल गाउपालिकामा १ जना, बुढिगंगा नगरपालिकामा २ जनाको मृत्यु भएको छ । भने बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्बरबहादुर महतकी आमा ऐसनी महत हालसम्म बेपत्ता छन् ।
जिल्लाको एकमात्र राजमार्ग साफे मार्तडी सडक खण्डमा पर्ने ताप्रीसेरा घट्टेखोलाको पक्की पुल र बुढिगंगा नदिको जडाङ्गाको वेलीब्रिज पुला बगाउदा जिल्ला सदरमुकाम लगायत जिल्लाका सबै पालिका र स्थानीय बजारसम्म दैनिक उपभोग्य वस्तु, अत्यावस्यक स्वास्थ्य सामाग्री, ढुवानीमा अवरोध भएको छ । एक ठाउँबाट अर्को ठाउँमा आवत जावत पुर्ण रुपमा बन्द भएको छ । जिल्ला सदरमुकाम मार्तडीको बजार लगायत जिल्लाका सबै स्थानीय बजारहरुमा दैनिक उपभोग्य वस्तु, ग्यास, तेल लगायत अत्यावस्यक सामाग्रीको अभाव भएको छ । जिल्लाका अति विकट हिमाली गाउँपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपलिका लगायतका जिल्लाका अधिकाँस ग्रामिण वस्तीहरुमा खाद्यान्न लगायत औसधी उपचार जस्ता वस्तुको अभाव भई जिल्लाको जनजीबन असहज भएको ज्ञापन पत्रमा भनिएको छ ।
जिल्लामा आएको लगातारको अविरल वर्षा र बुढिगंगा, कर्णाली नदीमा आएको बाढिका कारण जिल्लामा नियमित हुने विकास निर्माण कार्यमा पुर्ण अवरोध भएको छ भने सम्पर्क बिच्छेद भएको अवस्था छ । यस प्राकृतिक विपत्तिबाट जिल्लाको जनजीबनलाई सामान्य अवस्थामा ल्याउन स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले विशेष नीतिका साथ ठोस कार्यक्रम संचालन गर्न सरकारसँग नेपापा बाजुराले जोडदार माग गरेको छ ।
अविरल वर्षा र वाढीका कारण तपशिल बमोजिमको धनजन, बालीनाली, जग्गा जमिन, पशु चौपाया, उद्योग कलकारखानामा क्षेति भएको छ । वास्तविक पिडितहरुको तथ्याङ्ग संकलन गरी उनीहरुको क्षेतिको मुल्याङ्गन गरी पिडितहरुको बर्गिकरणका आधारमा उचित राहत तथा क्षतिपुर्ति ब्यवस्था गर्न माग गर्दछौं । विस्थापित तथा जोखिममा रहेका वस्ती र परिवारको पुर्नस्थापना गर्न र धन जनको क्षेति भएका परिवारको उचित राहत तथा क्षेतपुर्ति, अवरुद्ध भएका बाटाघाटा सुचारु गर्नु पर्ने र क्षेतिग्रस्त पुलहरुको पुनःनिर्माणका लागि नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण ग्रह्रेले बाढी पहिरो पीतिको डाटा संकलन भईरहेको बताए । केही हदसम्मको डाटा जिल्ला प्रशासानमा अईपुगेको र केही आयन बाकीलाई ल्याउन भनिएको बताए ।

जिल्ला प्रशासनले बाजुरा जिल्लामा भएको क्षेतिको बिबरण केन्द्रमा जानकारी गराई सकेको गैह्रेले बताए ।
बिशेष गरि बुढीगंगा नदिको झुलुंगे पुल बगाएर गौमुल गाउपालिकाको अजयटोटेकी गाउनै सम्मर्क बिहिन भएको अबस्थामा त्यो ठाउलाई राहातको ब्यबस्थाको लागि हेलिकप्टरको पहल भईरहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । गौमुल गाउपालिकाको वडा नम्बर १ र २ को सिम बस्ति नै बाढीले बगर बनाउपछि २० घर परिवारका १ सय १३ परिवारको राहात पुगाउन बाटोको कठीनाईका कारण समस्या भएको घटना स्थलमै पुगेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक टंकप्रसाद भट्टराईले रिपोटिङ गरेकोले त्यो ठाउमा राहात कसरी लैजाने भन्ने बिषयमा भोली सोमबार जिल्ला बिपत ब्यबस्थापन समितिको बैठक बोलाएको ले त्यसै बैठकबाट निर्णय हुने गैह्रेले बताए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रमा सम्बिधान सभा सदस्य बसुन्धरा रोकाया, नेपाल कम्यूनिष्ट पाटी प्रदेक कमिटी सदस्य कमल कुमारी शाह, नेपाल कम्युनिष्ट पाटी बाजुरा जिल्ला कार्यालय सदस्य गगन रावल, सचिवालय सदस्यहरु भरत थापा, अम्मर खड्का, काशी बिक बिनोद बिकलगाएत नेपाल कम्युनिष्ट पार्टीका नेताहरु सहभागि थिए ।

 

नेपाल कम्यूनिष्ट पार्टी बाजुराले बुझाएकाे ज्ञापान पत्र

चर्चामा

सम्बन्धित समाचार