• होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा ६१८ ‘एक्टिभ केस’, ६० जना विभिन्न अस्पताल भर्ना

सुदूरपश्चिममा ६१८ ‘एक्टिभ केस’, ६० जना विभिन्न अस्पताल भर्ना

  • आइतवार, साउन ३२, २०७७
सुदूरपश्चिममा ६१८ ‘एक्टिभ केस’, ६० जना विभिन्न अस्पताल भर्ना

सुदूरपश्चिम प्रदेशमा कोरोनाका ६ सय १८ जना मात्र सक्रिय संक्रमित रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले ९ वटै जिल्लामा ६ सय १८ जना सक्रिय संक्रमित रहेको जनाएको छ।

सबैभन्दा बढि कैलालीमा एक सय ८८ जना संक्रिय संक्रमित रहेका छन्। यस्तै डोटीमा एक सय ६८, बझाङमा एक ७६, दार्चुलामा ३०, कञ्चनपुरमा १८, अछाममा ११, बैतडी र डडेल्धुरामा ६÷६ जना संक्रमित रहेका छन्।

उनीहरु मध्ये ६० जनाको विभिन्न अस्पतालका आईसोलेसनमा उपचार भईरहेको छ। कैलालीको टीकापुर अस्पतालमा ३४, जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पतालमा ७, महकाली अस्पतालमा ४, जिल्ला अस्पताल डोटी र मालाखेती अस्पतालमा दुई/दुई तथा डडेल्धुरा अस्पतालमा एकजनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा अहिले सम्म कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९४ जनामा कोरोना पुष्टि भएको छ। सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका चार हजार एक सय ५७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार