बुधबार, अशोज ७, २०७७
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,०१९ पुग्यो

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,०१९ पुग्यो

  • शनिबार, साउन ३१, २०७७
नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,०१९ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार