शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • ७ महिनाकी छाेरी सहित उज्जलाले किन बुढिगंगा नदिमा आत्माहत्या गरिन् ?

७ महिनाकी छाेरी सहित उज्जलाले किन बुढिगंगा नदिमा आत्माहत्या गरिन् ?

  • शनिबार, साउन ३१, २०७७
७ महिनाकी छाेरी सहित उज्जलाले किन बुढिगंगा नदिमा आत्माहत्या गरिन् ?
बुढिगंगा नदिमा  मृतक भेटिएकी ७ महिनाकी रितु लुवारलाइ आफन्त बाेकेर पाेष्टमार्टमका लागि अस्पताल बाजुरा लग्दै / फाेटाे : जनक थापा

त्रिबेणी नगरपालिका ८ कालापानी बस्ने ५ बर्षिया उज्जला देबी लुहारले २७ गते बिहाना बुढिगंगा नदिमा  ७ महिनाकी छाेरी रितु लुवार सहित नदिमा हाम फालेर आत्माहत्या गरिन् । छाेरी त्यहि दिन त्रिवेणी नगरपालिका ८ बुढिगंगा नदिकाे किनारामा मृतक शब भेटिएकाे थियाे ।

उज्जालाकाे शब साउन २९ गते अछामकाे कालिमाटि स्थित बुढिगंगा नदिकाे किनारमा भेटिएकाे थियाे । नाबालिका छाेरी सहित किन नदिमा हाम फालेर आत्माहत्या गरिन् भन्ने गम्भिर आशंका उत्पन्न भएकाे छ । किन त्याे अबस्था पुगिन्, कस्काे कारणले आत्माहत्या गरिन् त्याे प्रहरीले खाेज गर्ने बिषय नै हाे र तथ्य पनि बाहिर आउला तर बडिमालिका खबरले प्रहरी र आफन्तलाइ घटना कसरी घटेकाे हाे बुझेका छाै ।

२६ गते साँझ मृतक उज्जलाका भाइ जनक विक पनि दिदिकाे घरमा आएका थिए । श्रिमान खडक लुवारले भने आमा सँग राति केही सामान्य विवाद भएकाे थियाे । तर एकाएक घरका कसैलाइ थाहा नदिएर बिहाना ५ बजे छाेरी बाेकेर घर बाट निस्केकि थिइन् । उनि घर बाट निस्केर बाटाे गाँउलेले भेटँदा छाेरी बिरामी छ अस्पताल जाने लागेकाे भनेकाे प्रहरी कहाँ खुल्न आएकाे छ ।

मृतक उज्जलाका भाइ जनक विकले प्रहरी कहाँ दिदि मानसिक रुपमा त्यति ठिक नभएकाे घरमा सासु सँग सामान्य विवाद मात्र भएकाे कागज बनाएका छन् । दिदि कहिले काँहि आवेगमा आउने रिसाउने गरेकाे प्रहरी कहाँ लिखित कागज बनाएकाे प्रहरी निरिक्षक सुचना अधिकार लाेकेन्द्र सिं ठगुन्नाले वताएका छन् । बाजुरामा महिलाले बढिजस्ताे आत्माहत्या गर्ने गरेकाे पाइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार