बुधबार, साउन १३, २०७८
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ को पागरखोला वस्ती पहिरोको उच्च जोखिममा

बडिमालिका ७ को पागरखोला वस्ती पहिरोको उच्च जोखिममा

  • शनिबार, साउन ३१, २०७७
बडिमालिका ७ को पागरखोला वस्ती पहिरोको उच्च जोखिममा

देबराज पाध्याय — बाजुराको बडिमालिका नगरपालिकाको पागर खोला वस्ति पहिरोको उच्च जोखिममा परेको छ । गय राति देखिकोे अविरल वर्षात संगै आएको  पहिरोका कारण बडिमालिका नगरपालिका वडा नं ७ रजाताेलीको पागर खोला वस्ति जोखिममा परेको स्थानियले बताएका छन । करीव १ सय घरपरीवार वसोवास रहेको उक्त ठाँउका १८ घर पहिरोको उच्च जोखिममा परेका स्थानिय धनकृष्ण पाध्यायले बताए ।

वस्ति माथि बाट आएको पहिरोले वस्ति क्षत्र आसपासको जमिन काटान गर्दा सो वस्ति जोखिममा परेको उनले बताए। लगातारको वर्षात संगै आएको वाढी पहिरोले स्थानिय विजयराज पाध्यायको घर समेत वगाएको पाध्यायले बताए । घरमा कोहि नभएको समयमा पहिरो आउदा घर वगाए पनि कुनै मानविय क्षेति नभएको बताईएको छ ।

सो वस्तिका स्थानिय पहिरोको त्रासले गाँउ छाडेर अहिले आफन्तको घरमा वस्न थालेका छन । पागर खोलामा आएको वाढीले खेती योग्य जमिन कटान गरेको स्थानियले बताएका छन । खेती योग्य जमिन वगरमा परीणत हुदा स्थानियले लगाएको धान वालीमा ठुलो क्षेती पुगेको किसानले गुनासो गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार