मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बहादुरको लास!लघुकथा।

बहादुरको लास!लघुकथा।

  • शनिबार, साउन ३१, २०७७
बहादुरको लास!लघुकथा।

सुरेशकुमार पान्डे!
यो आर्काको देशमा हाम्रो बल भन्नु हाम्रो एकता मात्रै हो।हामि सबै एकताबद्ध भयौँ भने हामिले आफ्नो रक्षा गर्न सक्छौँ।अन्यायथा हामि आफ्नो हक अधिकार लाई पाउँन र बचाउँन सक्दैनौँ। मणिले त्यँहा बसेका केहि मज्दुर नेपालीहरुको बिचमा भन्छ!उनिहरु आज यँहा एकता समाजको सदस्य बितर्ण गर्न आएका थिए।के गर्छ तिमिहरुको एकता समाजले?हामिलाई चाहिँदै एकता त्यँही बसेका मध्य एक जनाले रातो पिरो हुँदै भन्छ।उ एउटा रकस्सीको ठेक्कामा काम गर्थ्यो उ धेरै बलियो छ लडाकु स्वाभाबकोछ भन्ने कुरा मणिहरुले यँही बसेका साथिहरु चक्र जी सँग थाहा पाउँछन।उनि “चक्र जी”एकता समाजका पुराना ईमानदार मध्यका हुँन।
त्यो बेला नगर स्तरीय नेता पनि थिए।त्यो ब्याक्ति उनैको आफन्ति पर्ने रैछ।
उस्ले सदस्याता काटेन उ त्यँहा बाट गयो बलियो ज्यु डाल भयको मान्छे थियो। उस्लाई एकताको आबस्याकता किन पर्छ।उ बलियो छ लडाई गर्न ता उस्को रहरनै छ।भन्दै चक्रजी ले ब्याँग्या गर्छन।एकछिन माहौल शुनहसान भयजस्तै हुँन्छ।
मणि अरु केहि नबोली बसेर क्लासको सुरुवात गर्छन।बिस्तारै परेको पानीले मौशम चीसो भयको थियो। क्लास पछि त्यँहा भयका सबै जानालाई सदस्याता बितरण गर्छन। र पछि मणिपनि त्यँहा बाट हिँड्छन।
सबै मान्छे एकै नासे हुँदैनन् कोई कस्तो कोई कस्तो र हामि पनि एसमा अनभिज्ञानै हुँन्छौ।कुन ब्याक्ति कस्तो छ भन्ने कुरा ता उस्को ब्यबहारले बताउँछ।चक्र जी केटा जस्तो भयपनि सम्प्रक गर्दै गर्नु होला संगठनको बारेमा बिस्तारै बुझ्छन तिनि भाईले पनि!भन्दै मणि त्यँहाट निस्कन्छन।
मणि साँझ पख आफ्नो क्वाटराम आएर त्यो ब्याक्तिले एकता समाजको बारेमा भनेको “के गर्छ तिमिहरुको एकता समाजले” त्यो बिचार घरि-घरी उन्को कानमा आई रहन्छ।उस्ले बिधानलाई अध्यायन गर्छ।यस्तो बिचारले त्यो सुरु-सुरुमा धेरैले भन्ने गर्थे आर्काको देशमा एकता नभैकन बाँच्न गारोछ।साँच्चै भन्दा माछालाई पानी जस्तै मान्छेलाई आज एकताको खाँचोछ।
त्यो ब्याक्ति जिवनमा कहिलेई उँभो लाग्न सक्दैन,जस्मा आफ्नो बलको घमण्डछ।भन्दै त्यो ब्याक्तिलाई कोस्छ! मणिलाई त्यो ब्याक्ति अशिक्षित भयरनै हो जस्तो लाग्छ। केही दिन पछि चक्र जी मणि बसेको ठाउँमा अचानक आउँछन।नमस्कार चक्र जी कसरी पाल्नु भयो आज?मणिले स्वागत गर्दै भन्छ।उनि अलि उदास-उदास जस्ता देखिन्थे।सर म एउटा कामले आएको हुँ उन्ले अलि सिरियस भयर भन्छन।केहि दिन पहिला हजूर गयको बेला एउटा बलियो केटा जस्ले सदस्याता नलिएर गएको.हजूर त्यसलाई बिर्सनै सकेको छैन मैले! मणिले चक्रजीको कुरा बिचैमा कट्दै भन्छन।सर त्यो लालु भन्ने केटा त्यो कतै हरायो काँ गयो थाहाछैन!उन्ले सिरियस भयर भन्छन।होर?कतै आफन्तीछन उस्का उतै गयोकी सोध-पुछ भयो?मणिले भन्छ।हजूर सबै पत्ता गरियो त्यो ब्याक्तिको कतै पत्ता लागेन सर के गरम मेरो ता उ आफ्नै पर्छ।चक्र जी ले निरास हुँदै भन्छन।यसो गर्नुस पुलीसमा हराएको ब्याक्ति खोजी पाउँ भनेर निवेदन दिनुहोश भोली कतै केहि भयको पनि पत्ता लाग्छ!अनि अन्त पनि खोजविन गर्दै गरौँ अखबारहरुमा पनि हराएको बारे फोटाहरु छपाउला भन्दै मणिले आस्वासन दिन्छ।उनि त्यो दिन हतारमा थिए त्यँहा बाट निस्किन्छन।त्यसको बारेमा नजिकको पुलिस चौकिमा गुमसुदाको रिपोर्ट दर्ता गराएर तलास सुरु गर्छन।पहिले जँहा उस्ले काम गर्थे त्यँहा पुगेर सोद्पुछ गर्छन रक्सिको ठेक्कामा,त्यँहा एउटा बिहारी कारिन्दा हुँन्छ त्यो सँग सोध पुचगर्दा उस्ले संका जाहेर गर्दै त्यो ब्याक्तिका केहि साथिहरु थिए हुँन सक्छ केहि घटना गटेको!भन्दै उस्ले संकालु दृष्टिले इसारा गर्दै उस्ले आफ्नो खातामा एक बोतल रक्सि लेखेको देखाउँछ उसै दिनको साँझमा।लालूको डिप्टि राति सम्मनै हुँन्छ भन्दै त्यँहा बाट नजिकै एउटा कुखुराको फारममा गएको र फेरी फर्केर नआएको उक्त बिहारीको भनाई थियो।यसरी ठुलो संका कुखुराको फारम तिरनै जान्थ्यो।बहादुर एउटा लुङ्गी र बनियोनमा कति टाडा जान सक्छ,?यो उस्को कमिज हो भन्दै उस्ले ठेक्का भित्रको एउटा सर्ट देखाउँछ।
अब त्यो ब्याक्ति जिवित नभयको संका उत्तपन्न हुँन्छ।लगातार खोज्दै जाँदा पुलिसलाई दवाव दिँदा तिमिहरुलाई कुनै ब्याक्तिमा सङ्काछ?प्रहरी उपायुक्तले सोध्छ।हजूर हामिलाई सकमात्र होईन एकिन भयो त्यो ब्याक्ति कुखुरा फारममा गयको थियो त्यो तिनै फारमका मालिक हरुले बताउँन सक्छन कँहा गयो?भनेर उनैको खिलाफ एफ आई आर दर्ता गराईयो एकता समाजको पहलमा,त्यसपछि बल्ल पुलिसहरु हर्कतमा आउँन थाले।यो घटनामा दुईटा नगरका साथिहरु लगाएत ठुले,मणि चक्र जी,मित्र,लगाएत थुप्रै जिम्मेवार नेता कार्याक्रता हरुको नियमित खोज तलास र शंघर्ष पछि १७दिनका दिन कुखुरा फारममा करिब साडे पाँच फुट गहिरो खाल्टो खनेर गाडेको अबस्थामा “बहादुरको लाश”फेला पारेर १८ दिनका दिन उँनको पोस्टमार्टम पछि दाँ स्कार गरिएको थियो।र त्यो घटनालाई अन्जाम दिने त्यहि कुखुरा फारमका मालिक का छोराहरु र आफन्ति थिए जो छ जानालाई तुरुन्तै गिरफ्तार गराउँन संगठान सफल पनि भयको थियो।यो घटनाले एउटा एस्तो पाठ पढाएर गयको छ मान्छे जति सुकै बलवान भयपनि प्रवासमा असाए र कम्जोर हुँन्छ।जँहा उस्लाई एकताको ठुलो खाँचो रहि रहन्छ।१५-०८-२०२०,(यो कथा सत्य घटनामा आधारीत भयपनि यस्का पात्रहरुको नाम काल्पनिक हुँन कसै सँग मिल्न गयमा मात्र सँयोगनै हुँनेछ।कथा “बहादुरको लाश”कथा सँग्रह बाट लिएको शंक्षिप्त अंशमात्र हो।)

चर्चामा

सम्बन्धित समाचार