बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • हिमाली गाँउपालिका उपाअध्यक्ष चन्द्रकला बुढामाथी ज्यान मार्ने मुद्धा

हिमाली गाँउपालिका उपाअध्यक्ष चन्द्रकला बुढामाथी ज्यान मार्ने मुद्धा

उपाअध्यक्ष बुढा फरार रहेको : प्रहरी

  • शुक्रबार, साउन ३०, २०७७
हिमाली गाँउपालिका उपाअध्यक्ष चन्द्रकला बुढामाथी ज्यान मार्ने मुद्धा

बाजुरा — हिमाली गाँउपालिका उपाअध्यक्ष चन्द्रकला बुढा माथि ज्यान मार्ने मुद्धा दर्ता भएको छ । हिमाली गाँउपालिका ६ का पुर्ण रोकायाले आफु माथि गाँउमै ढुङ्गा प्रहार गरेर मार्ने योजना बनाएको भन्दै मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी लोकेन्द्र सिं ठगुन्नाले वताएका छन् ।
जिल्ला प्रहरी कार्यलय बाजुरामा उपाअध्यक्ष लगायत ५ जना माथि ज्यान मार्ने मुद्धा दर्ता भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए । चारजना आरोपितलाई प्रहरीले समातिसकेको छ भने उपाअध्यक्ष बुढा भने फरार रहेको प्रहरीले जनाएको छ । उपाअध्यक्ष माथि ज्यान मार्ने मुद्धा दर्ता भएपछि उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पुर्ण रोकायाले हुलाक मार्फत जिल्ला प्रहरी कार्यलय बाजुरामा उजुरी दिएको प्रहरीले जनाएको छ । चारजना आरोपित अनिल मल्ल, चक्र मल्ल, समिर मल्ल र चिरिञ्जीवी मल्ललाई भने प्रहरीले प्रक्राउ गरेर अनुसन्धान प्रकृया थालिसकेको जनाएकाे छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपाअध्यक्ष फरार छन्, भने मुद्धा सरकारी वकिलको कार्यलयमा पठाइसकेको प्रहरीले जनाएको छ ।
उपाअध्यक्ष बुढालाई १ हप्ता पहिला नै मुद्धा दर्ता हुदै अदालत बाट प्रक्राउ पुर्जि जारि गरिसकेको थियो । उपाअध्यक्ष बुढा र पुर्णलाल रोकायाको घर एउटै गाँउमा पर्ने गरेको छ । हिमाली गाँउपालिकामा पछिल्लो समय झै झगडाका घटना बढिरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार