शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • नगरप्रमुख बडुवाल बाढीपहिरो पिडितको घर घरमा

नगरप्रमुख बडुवाल बाढीपहिरो पिडितको घर घरमा

  • शुक्रबार, साउन ३०, २०७७
नगरप्रमुख बडुवाल बाढीपहिरो पिडितको घर घरमा

बाजुरा/बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल बाढीपहिरो पिडितको घरमा पुगेर उनिहरुका समस्या बुझिरहेका छन् । पिडितको अबस्था सँगै नगरपालिका बाट दिने राहतको ब्यबस्थापन सहित नगरप्रमुख नगरपालिका सबै टोल तथा घरमा पुगेको बडिमालिका नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख पदम बडुवाल सोमबार देखी नै पिडित समुदायमा पुगेर उनिहरु अबस्था बुझि रहेका छन् । त्यो सँगै सडक, खानेपानी र अन्य भौतिक संरचना बाटोको अबस्था अनुगमन गरेर तत्तकाल निर्माण गर्न सकिने कामलाइ नगरपालिका बाट काम गर्ने निर्देशन दिएका छन् । बुढिगंगा नदिमा आईतवार राति आएको बाढिले दर्जनौ बस्ति बगाएको छ ।

Image may contain: one or more people, people standing, mountain, outdoor and nature
आईतवार बुढिगंगा नदिमा आएको बाढिले बडिमालिका नगरपालिका ४ ओलेना, वडा नम्बर २ घागर, भौनेरा, मैइमातोला लगायतका ठाँउमा रहेका बस्ति पुल बगाएको छ । बस्ति बगाए सँगै खानेपानी समेत बगाएको थियो । नगरप्रमुख बडुवालले भने बाढी पहिरो नगरपालिका धेरै बस्ति बिस्थापित गरेको छ, एक्लै नगरपालिकाले सक्ने अबस्था छैन्, पुर्नस्थापना तथा राहतका लागि प्रदेश संघ सरकारको खाँचो रहेको वताएका छन् ।

Image may contain: 1 person, standing, grass, plant, tree, outdoor and nature
पिडित कहाँ गएर सामान्य पाल लगायत केही राहत सामाग्रि दिन सकेका छौ, तर उहाँहरुका समस्या सुन्नु भन्दा बाहेक अरु केही हुन सकेको छैन्, नगरपालिकाले राहत र पुर्नस्थापनाका लागि पहल गर्ने वताएका छन् । तत्काल खानेपानी बगाएको ठाँउमा खानेपानीको ब्यबस्थापनका लागि लागेको उनले वताएका छन् । ७० बर्ष पछि सबै भन्दा ठुलो बाढि बुढिगंगा नदिमा आएको नगरप्रमुख बडुवालले वताएका छन् । नगर प्रमुख बडुवाल सँगै प्रहरी प्रमुख ट‌ंक प्रसाद भट्टराइ लगाउत जनप्रतिनिधि पुगेका थिए ।

चर्चामा

सम्बन्धित समाचार