शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कालिकोटको महाबैमा पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु

कालिकोटको महाबैमा पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु

  • शुक्रबार, साउन ३०, २०७७
कालिकोटको महाबैमा पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु

कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार