मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • सिमका २० बिस्थापित परिवारले पाच दिनसम्म राहात पाएनन

सिमका २० बिस्थापित परिवारले पाच दिनसम्म राहात पाएनन

  • बिहिबार, साउन २९, २०७७
सिमका २० बिस्थापित परिवारले पाच दिनसम्म राहात पाएनन

बाजुरा : अबिरल बर्षाका कारण गौमुल गाउपालिका १ र २ सिमका बाढी पहिरोबाट बिस्थापित परिवारले पाच दिनसम्म राहात पाएका छैनन । साउन २५ गते रातिको अबिरल बर्षाका कारण गाउको माथिबाट आएको पहिरोले वडा नम्बर १ सिमका १४ परिवार र वडा नम्बर २ सिमका ६ परिवार गरी २० परिवारका घर बगाएको गौमुल गाउपालिकाकी उपाध्यक्ष सिता थापाले बताईन ।

पाँच दिन सम्म पनि पाल समेत नपाएकाे पिडितले गुनासाे गरेका छन् । अरु त टाढाकाे बिषय थियाे, पाल समेत नपाएकाे पिडितहरुले वताएका छन् । बुढिगंगा नदिको मुहान हुदै आएको बाढी र कुहुर्नामा आएको पहिरोले बुढीगंगा नदिले ड्याम बाध्दै आएकोले सिममा पनि नदि थुनीएर ड्या बनेपछि सिम गाउ नै बिस्तापीत भएका छन भने खेतियोग्य जमिन र गाउ पुरै बगर बनेको उपाध्यक्ष थापाले बताईन् ।

बिस्तापीत परिवार ब्यबस्थापनको लागि गाउमै रहेको र गाउमा राहातको सामग्री केही पनि नभएकोले राहतको लागि समेत कसैले नपाएको उनले बताईन ।तत्कालको लागि छिमेकीको गोठ छाना पोख्र्रा भन्ने गाउमा बासका लागि ब्यवस्थापन गरेको भएपनि खानको लागि खाद्यन्न र लुका कपडा समेत नरहेको उपाधयक्ष थापाले बताएकी छन् । राहातको लागि गाउपालिकाका अध्यक्ष हरीबहादुर रोकाया काठमाण्डौमा धाईरहेका छन । बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा लगाएतका बाजुरा जिल्लाका नेताहरुको पहल भईरहेको छ ।

राहातको लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको तर मौसम अनुकुलले गर्दा आउन नसकेको थापाले बताईन । बुढीगंगा नदिको अधिकांस झोलुंगे पुलहरु बगाएकोले एक गाउबाट अर्को गाउको सम्बन्ध टुटेको छ ।

चर्चामा

सम्बन्धित समाचार