शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाढी र पहिरोको बिचमा जाेखिम माेल्दै ओलेना गाँउ

बाढी र पहिरोको बिचमा जाेखिम माेल्दै ओलेना गाँउ

गाँउ बाट अन्यन्त्र जाने ठाँउ नै छैन

  • बिहिबार, साउन २९, २०७७
बाढी र पहिरोको बिचमा जाेखिम माेल्दै ओलेना गाँउ

बडिमालिका नगरपालिका ४ ओलेना गाँउ चारै तिर बाढी पहिरोको जोखिममा रहेको छ । तल बाट बुढिगंगा नदिले कटान गरेको छ भने, दाँया र बाँया तिर पुरै पहिरो ले गाँउनै उच्च जोखिममा राखेको छ ।
गाँउमा रहेका १२ परिवारका ८७ जना पुर्ण रुपमा बिस्थापित भइसकेका छन् । त्रासपुर्ण वातावरण बसिरहेका छौ, भएको जग्गा बुढिगंगा नदिले बगाइसकेको छ, घर पनि जोखिममा रहेका छन्, अब त ज्यान जोगान पनि मुश्किल रहेको स्थानिय नरेन्द्र नाथले वताएका छन् । गाँउसँगै जोडिएको बुढिगंगा नदिमा रहेको बेलिबिज्र र झोलुङ्ग पुल नदिले बगाइसकेको छ । पुल बगाउदा नदि वारपार गर्न नसक्दा सदरमुकाम मार्तडी सम्मको सम्पर्क टुटेको छ ।
गाँउको तल बुढिगंगा नदिले कटान गरिरहेको छ भने, अर्कोतिर पहिरो आएर बाटो नै बन्द भएपछि अहिले गाँउबाट आवतजावत बन्द भएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् । गाँउमा खाद्यन्न सामाग्रि लिन सक्ने अबस्था छैन्, बाटो भएको ठाँउमा पुरै पहिरो बगिरहेको छ, आवतजावतमा समस्या भएको छ भने अर्कोतिर नदिले पुग बगाउदा समस्या भएको बष्टिले वताईन् ।
पिडित कहाँ पुगेकी उपप्रमुख कबिता बिष्टले भनिन्, गाँउ पुरै जोखिममा रहेको छ । गाँउनै अर्को ठाँउमा स्तान्तरण गर्नुपर्ने वताएकि छन् । ओलेन गाँउकि धनकला नाथले भनिन्, जग्गा सबै बगाईसकेको छ, घर पनि चिरा चिरा भएकाले सबै परिवार पाल टागेर सडकमा बसिरहको बताए । अब गाँउमा बस्न सक्ने अबस्था छैन्, अन्यत्र जाने पनि कुनै ठाँउ छैन् सरकारले बस्ति स्तान्तरण गरिनुपर्ने वताएकि छन् ।
ओलेना गाँउ भएर आउने साँफे मार्तडी सडक खण्डको कुनै नाम निशानानै छैन् । पहिरोले सबै सडक तहसहन पारेको छ । आईतवार राति बुढिगंगा नदिमा आएका बाढीले सयौ परिवारको खेत जग्गा बगाएको छ भने दर्जनौ घर बगाएको छ । साँफे मार्तडी सडक खण्ड बुढिगंगा नदि किनारा भएर रहेको छ, दर्जनौ ठाँउमा सडक समेत बगाएको छ ।
बुढिगंगा नदिमा आएको बाढिले बुढिगंगा नगरपालिका २ ओलेनामा रहेको बस्ति बगाएको थियो । एकजना महिला भने अहिले सम्म पनि बेपत्ता रहेकि छन् । त्यस्तै गौमुल गाँउपालिका १ सिममा रहेका २० घर बगाएको छ भने, वडा नम्बर २ मा रहेको अजयटोडकी गाँउ जाने पुल बगाउदा गाँउमा राहतका सामाग्रि समेत बोकेर जान सकेका छैनन् । बुढिगंगा नदिमा रहेका एक बेलिबिज्र र ५ वटा झोलुङ्गे पुल बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार