शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • गाैमुल १ सिममा बिस्थापित २० परिवारले तिन दिन सम्म पनि पाल पाउन सकेन्न

गाैमुल १ सिममा बिस्थापित २० परिवारले तिन दिन सम्म पनि पाल पाउन सकेन्न

बाढीले २० घरका १ सय १३ जना बिस्थापित

  • बुधबार, साउन २८, २०७७
गाैमुल १ सिममा बिस्थापित २० परिवारले तिन दिन सम्म पनि पाल पाउन सकेन्न

बाजुराकाे गाैमुल गाँउपालिका १ सिममा बाढीले २० परिवारकाे घर बगाएकाे बगाउदा सबै परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवारले पाल समेत पाँउन सकेका छैन्न । बुढिगंगा नदिमा आएकाे बाढिले सिम गाँउमा रहेका २० परिवारका १ सय १३ जना साेमवार बाट पुर्ण रुपमा बिस्थापित भएका छन् ।  घर बगाएकाे तिन दिन हुँदा सम्म पनि राहत पनि पाँउन सकेका छैन्न ।

बिस्थापित काेहि जंगलमा बसिरहेका छन्, काेही अरुकाे घरमा साहारा लिइरहेकाे छन् केही भने खुला ठाँउमा पाल हालेर बसेकाे घटनास्थल पुगेका प्रहरी प्रमुख डिएसपी टंक प्रसाद भट्टराइले वताएका छन् । मानविय क्षति भने केही नभएकाे गाइ गाेरु बाख्रा लगायत घरमा रहेकाे सबै सम्पत्ति बगाएकाे प्रहरीले वताएकाे छ। राहत पठाउनका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेकाे छ, प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् । भाैगाेलिक बिकटता र प्रहरी प्रशासन पुग्न नसक्दा समयमै राहत पुयाउन नसकेकाे प्रजिअले वताए ।

चर्चामा

सम्बन्धित समाचार