बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सुदुरपश्चिम समाज दक्षिण कोरियाद्धारा बुढिगंगा नगरपालिकामा अाइसाेलेशन बेड सहयाेग

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्धारा बुढिगंगा नगरपालिकामा अाइसाेलेशन बेड सहयाेग

  • बुधबार, साउन २८, २०७७
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्धारा बुढिगंगा नगरपालिकामा अाइसाेलेशन बेड सहयाेग

काेराना कहरकाे बिचमा सुदुरपश्चिम समाज दक्षिण कोरिया समाजले बुढिगंगा नगरपालिकामा स्वास्थ्य साम्रगी दिएकाे भन्दै  बुढिगंगा नगरपपालिकाका मेयर दिपक शाहले धन्यबाद समेत ब्यक्त गरेका छन । बाजुराकका  कमल शाही लगायतकाे टिमले सहयाेग गरेकाे मेयर शाहले बताए । बुढिगंगा नगरपालिकामा सुदुरपश्चिम समाज दक्षिण कोरियाले ६० ब्याड अाइसाेलशनका लागि सहयाेग गरेकाे मेयर शाहले बताए ।  अाज एक कार्यक्रमका बिच साे साम्रगी बितरण गरिएकाे मेयर शाहले बताएका छन ।

सुदूरपश्चिम समाज दक्षिण कोरियाबाट आएका उक्त आइसोलेसनका बेड कृष्ण कटुवालले हस्तान्तरण गरेका थिए । विदेशमा रहेर जन्मभूमिप्रति देखाएकाे उच्च संवेदनाले हामीलाई पनि यस महामारी विरुद्ध लड्न थप साहस बढेको नगर प्रमुख शाहले हस्ताक्षरित धन्यवाद ज्ञापन पत्रमा लेखेका छन् । नगरप्रमुख शाहले महामारी विरुद्धको लडाइमा सहयोग पुग्ने गरी भएको पवित्र कार्यको मेरो नगरपालिकाको तर्फबाट धन्यवाद सहित उच्च प्रशंसा प्रकट समेत गरेका छन ।


मेयर शाहकाे धन्यबाद ज्ञापन

श्री सुदुरपश्चिम समाज दक्षिण कोरिया दक्षिण कोरिया . बिषय : धन्यबाद ज्ञापन सम्बन्धमा . कोरोना भाइरस (कोभिड १९ ) का कारण विश्व नै आक्रान्त भैरहेको छ। हामी पनि यसको प्रभावबाट अछुतो रहेनौ, यसको नियन्त्रण र रोकथामका लागि सकेसम्मको साधन स्रोतहरु प्रयोग गरी प्रयास गरिरहेका छौ।

भारत लगाएतका अन्य मुलुकबाट आएका थुप्रै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई क्वारेन्टाइनमा राखी कोरोना परीक्षण गर्ने र परीक्षणमा पोजेटिभ देखिएका ब्यक्तिहरुको आइसोलेसनमा राखी उपचार गर्नु पर्ने अबस्थामा आइसोलेसनको निर्माणका लागि बुढीगंगा नगरपालिकालाई १० वटा बेडहरु सुदूरपश्चिम नेपाली समाज दक्षिण कोरियाबाट सहयोग स्वरुप उपलब्ध भएको छ । बिदेशी भूमिमा श्रम गरी आर्जन गरेको पैसा मानव सुचाङ्कको पुछारमा रहेको बाजुरा जिल्लालाई स्मरण गरी सहयोग गर्ने यहाँहरुको उच्च मानवीय भावनालाई मुक्त कण्ठले प्रशंसा गर्दछु ।

बिदेशमा रहेर जन्मभूमिप्रति देखाउनु भएको उच्च संवेदनाले हामीलाई पनि यस महामारी बिरुद्ध लड्न साहस प्राप्त भएको छ। महामारी बिरुद्धको लडाइमा सहयोग पुग्ने गरी भएको यो महान् एवं पवित्र कार्यको मेरो नगरपालिकाको तर्फबाट सधन्बाद उच्च प्रशंसा प्रकट गर्दछु । अन्त्यमा तपाईहरुबाट प्राप्त सहयोगको सही सदुपयोग गर्ने प्रतिबद्धता सहित आगामी दिनमा समेत निरन्तर साथ सहयोगको अपेक्षा गरेको छु । साथै “आपसी एकतासामुहिक उत्तरदायित्व, सुदूरपश्चिम समाज कोरियाको स्थायित्व” मुल मर्मका साथ स्थापना भएको यस संस्थाको उद्देश्य अनुसार उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

मिति : २०७७/०४/२८ ………………………..

दीपक विक्रम शाह नगर प्रमुख

चर्चामा

सम्बन्धित समाचार