शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • पीसबिन बाजुराद्धारा क्वारेन्टाईन निर्माण गरिएका बिद्यालयहरु निर्मलिकरण

पीसबिन बाजुराद्धारा क्वारेन्टाईन निर्माण गरिएका बिद्यालयहरु निर्मलिकरण

  • बुधबार, साउन २८, २०७७
पीसबिन बाजुराद्धारा क्वारेन्टाईन निर्माण गरिएका बिद्यालयहरु निर्मलिकरण

बाजुरा — बाजुरा जिल्लको बुढीनन्दा नगरपालिकामा क्वारेन्टाईन निर्माण गरि प्रयोग गरेका बिद्यालयहरुलाई निर्मलिकरण गरिएको छ ।
बुढीन्दा नगरपालिकाको समन्वयमा पीसबिन बाजुरा र एक्सनेट नेपालद्धारा संचालिन स्थानिय अधिकार कार्यक्रमको साझेदारीमा निर्मलिकरण गरिएको पीसबिन बाजुरा कोल्टि साईट कार्यालयका प्रमुख गोबिन्द थापाले बताए ।
साउन २० गतेबाट क्वारेन्टाईन निर्माण गरिएका बिद्यालयहरु निर्मलिकरण गर्न थालिएको हो । क्वारेन्टाइनको रुपमा प्रयोग गरिएका नगरपालिका भित्रका जनप्रकाश मावि, नन्देस्वरी मावि, सत्य मावि, चन्द्रनाथ आधारभूत्त विद्यालय, पशुपति आधारभूत्त विद्यालय, बागेश्वरी आधारभुत्त विद्यालय निर्मलिकरण गरिएको छ ।
त्यूस्तै मस्टा आधारभुत्त विद्यालय, बडिमालिका आधारभुत्त विद्यालय, हिमाली आधारभुत्त विद्यालय, खापर आधारभुत्त विद्यालय, घटाल आधारभुत्त विद्यालय, पन्चलक्षी आधारभुत्त विद्यालय, र भावना आधारभुत्त विद्यालय, बुढीनन्दा नगरपालिकाको महिला सहकारी भवनलाई निर्मलिकरण गरिएको हो । क्वारेन्टाइनको रुपमा प्रयोग गरिएका विद्यालयहरुलाई भाइरस मुक्त गर्ने र विद्यालय प्रति विद्यार्थी र अभिभावकको नकारात्मक बुझाईलाई अन्त्य गरि पुन पठनपाठन कार्यको लागि सहज वातावरण निर्माण गर्न निर्मलिकरण कार्य संचालन गरिएको पीसबीन बाजुरा स्थानिय अधिकार कार्यक्रमा संयोजक पदम कठाएतले जनकारी दिए ।


बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले पीसबिन बाजुराले कोभिड १९ माहामारी रोकथाप मा स्थानिय सरकारलाई महत्वपूर्ण समयमा सहयोग गरेको बताएक िछन् । कोरोना महामारीले बिश्वनै आक्रान्त भएको समयमा देश तथा बिदेशमा रहेका नेपालीहरु एकै पटक घर आएकोले सबैलाई क्वारेन्टाईनमा राख्नु पर्ने भएकोले निश्चित समय र समय परेको समयमा सामग्री सुरक्षा सामग्री उपलब्ध गरेर सहयोग गरेको थियो । भारत तथा अन्य मुलकबाट आएका सबैले क्वारेन्टाईन समय पुरा गरेपछि क्वारेन्टाईन निर्माण गरेका बिद्यालयहरुलाई निर्मलिकरणमा उलेख्य भुमीका निबार्ह गरेकोमा धन्यबाद समेत दिएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार